रमेश गिरी,प्युठान। प्युठानमा पहिलो गार्मेण्ट उद्योग सञ्चालनमा आएको छ । प्युठान नगरपालिका वडा न. १० खरिवाेटका स्थानिय विष्णु गिरीले ५० लाख रुपैयाँको लगानीमा “राप्ती गण्डकी युनिफर्म “उद्योग संचालनमा ल्याएका हुन। जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयहरूका लागि चाहिने पोशाक सस्तो मुल्यमा उपलब्ध गराउने उध्यश्यले उद्योग खोलिएको गिरीले बताए । ‘हप्तामा झण्डै ५ सय सेट ट्याकसुट तयार हुन्छन’ उनले भने,’गार्मेण्टमा पोशाक तयार गरेर बिक्री गर्छौं’ उद्योगमा ट्याकसुट,टिसर्ट ,जर्सी, सुईटर, टाई,वेल्ट,टफि , मायाकाे चिनाे,लगायतका पोशाकहरू उत्पादन गरिदै अाएकाे छ । उद्योगले बाग्दुला बजारको पुल्चोकमा तयारी पोशाकको स्वरूम समेत स्थापना गरेकाे छ । गिरीले एक बर्ष अघि देखि उद्योग संचालनमा ल्याएका हुन। यस उद्योगबाट उत्पादित कपडाहरू प्युठान जिल्लाका साथै राेल्पा, दाङ,गुल्मी, बाग्लुङ र अर्घाखाँची लगायतका जिल्लामा निर्यात हुँदै अाएकाे संचालक गिरीले बताए । उद्योगमा हाल १० जनाले दैनिक रोजगारी पाईरहेका छ्न ।
प्युठानमा पहिलो गार्मेण्ट उद्योग
प्युठानमा पहिलो गार्मेण्ट उद्योग
Advertisement
तपाईको प्रतिक्रिया