• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बस्ती रित्याउने प्युठानको त्यो गर्जेनी दुर्घटना


  •   आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
  • प्यूठान । अनुहार मलिन छ । हरपल रसाएझैं देखिन्छन् आँखा । ६१ वर्षीया दीपा अधिकारी रिजाललाई १४ वर्षअघिको दुःखान्तले आज पनि झस्काइरहन्छ । उनी चाहन्छिन्, त्यो घटना दिमागबाट मेटिएर जाओस् । तर अहँ, त्यो त आज पनि उत्तिकै ताजा छ ! उत्तिकै पीडादायी ।०६१ माघ ८ गते शुक्रबार दाङको देउखुरीबाट बेहुली लिएर प्यूठानको टारीगाउँ फर्केको जन्तीबस गर्जेनीमा दुर्घटनामा परेको थियो । त्यो भयानक दुर्घटनामा परिवारका सबै सदस्य गुमाएकी थिइन्, बुहारी भित्र्याउने प्रतीक्षामा रहेकी बेहुलाकी आमा दीपाले । बुहारी ल्याउन आफूले अन्माएर पठाएको जेठो छोरो लोकराजसहित पति भीमकान्त, कान्छो छोरो माधव, देवर, भान्जा, भतिजालगायत ४१ आफन्तलाई त्यो दुर्घटनाले उनीबाट हठात खोसेको थियो । प्युठानवाट गिरुप्रसाद भण्डारीले कान्तिपुर दैनिकमा समाचार लेखेका छन।त्यसको एक वर्षपछि दीपाले गाउँको सबै सम्पत्ति बेचेर टारी छोडिन् । दाङको घोराही बजारनजिक एकतले घर किनेर छोरीज्वाइँको रेखदेखमा बस्न थालिन् । १४ वर्ष एक्लै बिताएको घरको एउटा कुनोमा थचक्क बस्दै उनले भनिन्, ‘भित्रभित्रै पोलिरहे पनि बाहिर खाटा बसिसकेको त्यो घाउ अब फेरि नकोट्याऊँ होला बाबु !’ निरन्तरको तनावले उनको रक्तचाप बढेको छ । नियमित औषधि खान्छिन् । रुँदारुँदा दुवै आँखा कमजोर भएका छन् । भर्खरै आँखाको शल्यक्रिया गरेकी छन् । कालो चस्मा लगाएर चिनजान गरेपछि बिस्तारै भनिन्, ‘मेरा लागि मात्र नभएर हाम्रो टारीगाउँकै लागि त्यो कालो दिन थियो ।’

    Advertisement

    घटनापछि टारीगाउँ पुरुषविहीन भयो । टारीका मात्र २२ महिला विधवा भए । तीमध्ये केहीले दोस्रो विवाह गरे । कति छोराछोरीसहित बसाइँ सरे । दीपाले भनिन्, ‘सिंगो गाउँको खुसी त्यो दिन त्यही एउटा बसभित्र थियो । गर्जेनीमै बिलायो ।’ मृत्यु भएका सबै ४१ जनालाई झिमरुक नदी किनारमा लहरै जलाइएको थियो । सबै मलामीका आँखा नदीजस्तै उर्लिएका थिए । वर्ष दिनपछिको बर्खान्त पनि एकै ठाउँमा सामूहिक रूपमा गरिएको थियो । त्यसलगत्तै दीपाले गाउँ छोडेकी हुन् ।
    ६० जना जन्ती लिएर गएको बसमा फर्कंदा ५६ जना थिए । तीमध्ये ३३ जनाले घटनास्थलमै ज्यान गुमाए भने पाँच जनाको प्यूठान अस्पतालमा, दुई जनाको बुटवलस्थित अञ्चल अस्पतालमा र एक जनाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको थियो ।चालकसमेत १५ जना घाइते भएका थिए । मृत्यु भएकामा टारीगाउँका मात्र २८ जना थिए । दाङका दुई जना र अरू प्यूठानकै पुण्यखोला, विजयनगर र खलंगाका थिए ।

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    भान्साबाट देश चिनाउने युवराजको सपना
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    विदेशको बाटो छाडेर उद्यममा होमिए दुई दाजुभाइ
    खुट्टाले लेखेर ३.४० जिपिए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation