• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • २. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

नौ महिनामा लोकसेवाका आठ परीक्षा पास


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • प्युठान। प्युठानको झिमरुक गाउँपालिका–७, तुषाराकी ३० वर्षीया सीता पोख्रेलले लोकसेवा आयोगअन्तर्गतका आठ वटा परीक्षा नौ महिनाभित्रै उत्तीर्ण गरेर उदाहरणीय सफलता हासिल गर्नुभएको छ।
    नेपाल आयल निगम (छैटौँ तह), नेपाल विद्युत प्राधिकरण (प्राविधिक, सातौँ तह), नागरिक उड्डयन प्राधिकरण (प्राविधिक, पाँचौँ तह), खाद्य व्यवस्था तथा व्यापार कम्पनी (सातौँ तह), राष्ट्रिय परीक्षा बोर्ड (छैटौँ तह), त्रिभुवन विश्वविद्यालय सेवा आयोग (छैटौँ तह), गुठी संस्थान (छैटौँ तह) र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (छैटौँ तह) मा नाम निकाल्न सफल सीता हाल नेपाल विद्युत प्राधिकरण, रामेछापमा सातौँ तहकी प्रशासनिक अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ।
    उहाँले कुनै औपचारिक तयारी कक्षा नलिई घरमै बसेर प्रविधिको प्रयोग गर्दै अध्ययन गरेर सफलता हासिल गर्नुभएको हो। “जुनमा भए पनि नाम निस्कोस् भन्ने लक्ष्य थियो,” उहाँले भन्नुभयो, “समय व्यवस्थापन गरेर घर, परिवार र बच्चासँगै पढाइ सन्तुलनमा राखेँ, त्यसैले सफलता सम्भव भयो।”
    २०७४ सालमा दाङको देउखुरीमा विवाहपछि थपिएका पारिवारिक जिम्मेवारीबीच पनि उहाँले पढाइलाई निरन्तरता दिनुभयो। पाँच वर्षे छोराको हेरचाहसँगै बिहान, बेलुका र बच्चा सुतेपछि अध्ययन गर्ने बानीले उहाँलाई लक्ष्यसम्म पुर्‍यायो।
    सीताको सफलतामा उहाँका श्रीमान् माधवमणि पौडेलको महत्वपूर्ण साथ रहेको छ। काठमाडौंस्थित कानुन मन्त्रालयमा कार्यरत पौडेलले निरन्तर प्रेरणा र सहयोग गरेको उहाँ बताउनुहुन्छ। “श्रीमानको साथ र ऊर्जा नै मेरो सफलताको आधार हो,” उहाँले भन्नुभयो, “उहाँले उच्च तहमा मात्र फाराम भर्न प्रोत्साहन गर्नुभयो, जसले आत्मविश्वास बढायो।”
    प्युठानमै विद्यालय तहको अध्ययन पूरा गरेकी सीताले प्लस–टु पाल्पाबाट, स्नातक दाङबाट र स्नातकोत्तर काठमाडौंबाट पूरा गर्नुभएको हो। विज्ञान विषयमा स्नातकोत्तर गरेकी उहाँले युट्युब र च्याटजिपिटीजस्ता प्रविधिमार्फत अध्ययन सामग्री जुटाएर स्वअध्ययन गर्नुभएको बताउनुहुन्छ।
    “मैले कुनै तयारी कक्षा लिएको होइन,” उहाँले भन्नुभयो, “प्रविधिको सही प्रयोग गर्न जानियो भने आवश्यक सामग्री सजिलै पाइन्छ। आफैं खोजेर पढ्नुपर्छ।”
    उहाँका अनुसार सफलता हासिल गर्न ठूलो स्रोतभन्दा पनि इच्छाशक्ति र समय व्यवस्थापन महत्वपूर्ण हुन्छ। “दैनिक थोरै समय भए पनि निरन्तर पढ्नुपर्छ,” उहाँले भन्नुभयो, “निरन्तर मेहनत गर्ने जो–कोही सफल हुन सक्छ।”
    छोरा हुर्किन थालेपछि लोकसेवा तयारी सुरु गर्नुभएकी सीता माइतीमा पनि अब्बल विद्यार्थी रहनुभएको थियो। गाउँकै प्राथमिक विद्यालयमा शिक्षक रहेका बुवाको प्रेरणाले घरमै अध्ययन गर्ने बानी बसेको उहाँ सम्झनुहुन्छ।
    पाँच दिदीबहिनीमध्ये माइली सीता आज परिवार मात्र होइन, समाजकै लागि प्रेरणाको स्रोत बन्नुभएको छ।

    Advertisement

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...