कपिलवस्तु । कपिलवस्तु नगरपालिका– १ कहार टोलका कहार परिवारलाई यतिबेला सिंगाडा टिपेर बेच्ने चटारो छ । उनीहरु टिनको सानो डुङ्गा लिई बिहानै झिसमिसेमा सिंगाडा टिप्न निस्केर दिउँसो फर्कन्छन् र बेच्न तिर लाग्छन् । मौसमी फलका रुपमा रहेको सिंगाडा खेतीबाट उनीहरुले मनग्य आम्दानी गर्ने गरेका छन् । बजारमा सिंगाडाको माग समेत बढि रहेको र राम्रो आम्दानी हुने भएकोले मौसमी फल सिंगाडा टिपेर बिक्री गर्नेतर्फ आकर्षण बढेको हो ।कपिलवस्तु नगरपालिका–१ स्थित कहार टोलमा बसोबास गर्दै आएका कमलेश कहारको परिवारलाई यतिखेर सिंगाडा टिप्नलाई भ्याइनभ्याइ छ । कमलेशको परिवार बिहानैदेखि सिंगाडा टिप्नमा व्यस्त हुन्छन् । कहारले माछापालनका लागि ठेक्का लिएको तालमा सिंगडा उत्पादन गरी अन्य केहीलाई पनि रोजगारीको अवसर प्रदान गरिरहेका छन् । आफ्नो परिवारले मात्र नभ्याएका कारण कहारले ४ जना कामदार सिंगाडा टिप्न लगाएका छन् ।गएको बर्ष एक सिजनमा उनले घर खर्च कटाएर ७० हजार बचत गर्न सफल भएका उनी ठुलो आम्दानी नभए पनि ७ जनाको परिवार पाल्न अरु कुनै काम गर्न नपर्ने र कसैसंग ऋण लिन नपरेकोमा सन्तुष्ट छन् । तर यस्तो सिंगाडा खेतीका लागि सरकारको पक्षबाट कुनै किसिमको प्रोत्साहन तथा अनुदान नभएकोमा भने उनी गुनासो गर्छन् ।सिंगडा विभिन्न पर्वका ब्रतालुहरुले खाने गर्दछन् भने बिरामीहरुका लागि पनि निकै फाईदाजनक फलको रुपमा लिइन्छ । सिंगाडाको भित्रको गेडालाई उमालेर, सुकाएर पिधेर पिठो बनाई रोटी पनि खाने चलन छ । ६० रुपैँया किलोसम्म बिक्री हुने मौसमी फल सिंगाडा खेतीका विषयमा कतै कुनै तथ्याकं भने राखिएको पाइदैन ।कपिलवस्तुमा करिब ४० घर परिवारले सिंगाडा खेती गरेरै जिबिकोपार्जन गरिरहेका छन् । जेठ असारमा लगाएको सिंगाडा असोजमा तयार भई कार्तिक मंसिर सम्म बिक्री गर्ने गरिन्छ ।
कपिलवस्तुबासीलाई सिंगाडा टिपेर बेच्न चटारो
कपिलवस्तुबासीलाई सिंगाडा टिपेर बेच्न चटारो

Advertisement
तपाईको प्रतिक्रिया