सुरज भट्टराई ,देवदह । रुपन्देहीको देवदह नगरपालिका ४ नं वडा कार्यलयको आयोजनामा तीन दिने युवा शसक्तिकरण तालिम सम्पन्न भएको छ। “युवाहरुलाई समाज पर्ती उत्तरदायित्व , स्वोरोजगार तथा आत्मनिर्भर गराउने उद्देश्यका साथ आयोजना भएको कार्यक्रम देवदह नगरपालिका वडा नं ४ स्थित श्री महामाया भवानी माध्यमिक विधालयको सभाहलमा भएको थियो ।
३ दिन सम्म चलेको कार्यक्रममा दिपेश मल्ल , छबिलाल भट्टराई , यम राना, कृष्ण ज्ञवाली ,राजन अधिकारी ,रमेश गिरीले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा सहभागी प्रशिक्षार्थी मध्य सबिता अधिकारी र सोभराज जैसीले यो अवसर जुटाईदेको मा आयोजकलाई धन्यवाद ज्ञापन गर्दै ३ दिन सम्म आफुले सिकेका कुरा बताएका थिए ।तालिममा देवदह नगरपालिका भित्रका विभिन्न स्कुल, वडाबाट करिब १५० जना बिद्यार्थी र अन्य स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहुनु भएकी देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङले आजका युवाहरु एकीकृत भएर सिकेको कुरालाई ब्यवहारमा उतार्ने हो भने आमूल परिवर्तन सम्भव रहेको बताउनु भएको थियो । आफू भित्र रहेको कलालाई पहिचान गरेर सकारात्मक सोचका साथ अघि बढ्न अनुरोध समेत गर्नु भएको थियो । सोही अबसरमा बोल्दै देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईंले कुनै पनि शिपले रोजगारको सुनिश्चिता गर्ने बताउदै तालिममा सहभागी हुन आएका सम्पुर्ण सहभागीलाई धन्यवाद दिनुभएको थियो । देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा नं ४ का वडा सचिब बिष्णु बिवस पोख्रेलले गर्नु भएको थियो ।
