कपिलवस्तु । कपिलवस्तुमा चिनियाँ राष्ट्रपति सी चीनफिङको पुत्ला जलाईएको छ। जिल्लाको नेपाल भारत सिमानाका चाकरचौडामा नेपालको भूमि अतिक्रमण भएको विरोधमा नेपाल जनता पार्टीको केन्दीय सचिव पुनित पाठकको नेतृत्वमा चिनियाँ राष्ट्रपति सीको पुत्ला दहन गरिएको हो । उनीहरूले चीनले नेपाली भूमि मिचेको तथा सगरमाथाको सिमाना हडपेको आरोप लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला जलाएका हुन् । ‘गो ब्याक चाइना प्रेसिडेन्ट, नेपाली भूमि फिर्ता गर लगायतका प्ले कार्ड बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका थिए । तथ्याङ्क अनुसार चीनले नेपालको ३६ हेक्टर जमिन मिचेको छ । कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले तयार पारेको अध्ययन प्रतिवेदनमा चीनले हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायतका सीमाक्षेत्रको भूमि मिचेको छ । चीनले सबैभन्दा बढी सिन्धुपाल्चोकको खराने खोला स्थित ७ हेक्टर जमिन मिचेको छ । हुम्लाको भाङदारे खोलामा ६ हेक्टर जमिन हडपेको छ । हुम्लाको कर्णाली, सिन्धुपाल्चोकको भोटेकोसी र संखुवासभाको अरुण नदीमा ४–४ हेक्टर जमिन चिनले मिचेको प्रतिवेदनमा छ ।यसबाहेक चीनले रसुवाको विभिन्न ४ स्थानमा ६ हेक्टर जमिन हडपेको छ । प्रतिवेदन अनुसार रसुवाको सन्जेन खोला क्षेत्रमा २ हेक्टर, भुर्जुग खोला क्षेत्रमा १ हेक्टर, लेम्दे खोला र जम्बु खोला गरी ३ हेक्टर जमिन मिचिएको पाठकले बताए ।
कपिलवस्तुमा चीनीया राष्ट्रपतिको पुत्ला जलाईयो
कपिलवस्तुमा चीनीया राष्ट्रपतिको पुत्ला जलाईयो
Advertisement
तपाईको प्रतिक्रिया