• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

विकास र समृद्वि स्थानिय स्तरबाटै अगाडी बढ्छ: मन्त्री लम्साल


  •   मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानिय स्तरबाट अगाडी बढाईने बताउनु भएको छ । अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक भुष पोल्ने मेलालाई सम्वोधन गर्दै मन्त्री लम्सालले यस्तो बताउनु भएको हो । स्थानिय स्तरमा सम्भावनाको खोजी गरि उत्पादनलाई अब आर्थिक समृद्विमा जोडने गण्डकी प्रदेशले गृहकार्य गरिरहेको बताउनु भयो । ताराखोला आफैमा पर्यटकीय, कृषि, कला र संस्कृतिको धनी क्षेत्र रहेकोले यसको संरक्षण सम्वर्दन गर्दै युवाहरुलाई कृषि र पर्यटनमा आकर्षित गरि यहाँको विकासमा गण्डकी प्रदेश सरकार सँधै हातेमालो गर्न तयार रहेको मन्त्री लम्सालको भनाई छ । सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा, बन्दिपुर गाउँपालिका तनहुँका अध्यक्ष पुर्ण सिंह थापा, धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भोपाल पोखरेल र अर्गल खेलकुद विकास मञ्चका संस्थापक अध्यक्ष सुर्य बहादुर घर्तीले शुभकामना मन्तव्य राख्नु भएको थियो । खेलकुद, कला, संस्कृति परम्परा हाम्रो शान, भुष पोल्ने पर्व ताराखोलाको पहिचान भन्ने मुल नाराका साथ कात्तिक २३ गते देखि शुभारम्भ भएको मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, महिला रस्साकसी प्रतियोगिता, धनुष वाण प्रतियोगिता सञ्चालन भईरहेको अर्गल खेलकुद विकास मञ्चका सल्लाहकार तथा ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिनुभयो । जस अन्तर्गत कात्तिक २४ गते बिहान सुर्योदय सँगै भुष पोल्ने, २५ गते सुर्योअस्त सँगै गाउँले सँग भुष पोल्ने र आज २६ गते सुर्योअस्त सँगै अविवाहित युवा युवतीहरु र अर्गल संस्कृति संरक्षण सम्वर्दन समितिका कलाकारबाट सांस्कृतिक नाँच गर्दै बारीमा विधिवत पुजा अर्जना, दमाह बाजा सहित छापो खन्ने काम गरिएको छ । बारीमा युवाहरुले विउ छर्ने मेलो बनाउने र युवतीहरुले खनेर बारी सम्माउँदै खनजोत गर्ने परम्परागत कार्य सम्पन्न भएको छ । मेलामा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरु मेक्सम खाती क्षेत्री, रेशम निर्दोष, निरु श्रीस, तिर्सना घर्तीको बेजोड सांगितिक प्रस्तुति रहेको थियो । ऐतिहाँसिक भुष पोल्ने मेला अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलका अध्यक्ष लोक बहादुर क्षेत्रीको अध्यक्षता उपाध्यक्ष फुलमाया पुनको स्वागत मन्तव्य र सचिव सुर्य बहादुर घर्ती र सहसचिव चन्द्र बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । मेला भोली विधिवत रुपमा समापन हुने बताईएको छ ।

    Advertisement

    मङ्गलबार, कार्तिक २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...