कामना डेली,कपिलवस्तु।सिद्धार्थ गौतमले २९ वर्ष बिताएको तिलौराकोट दरबार अझैसम्म ओझेलमा परेको छ ।गौतम बुद्ध स्वयंले आफू जन्मेको ठाउँ लुम्बिनी, ज्ञान प्राप्त गरेको बोधगया, धर्म प्रवचन गरेको ठाउँ सारनाथ र मृत्युवरण गरेको कुशनगरमा जीवनमा एकपटक पुग्नू भनेर दिएको उपदेशमा कपिलवस्तुको तिलौराकोट छुट्नु पनि ओझेल पर्नाको एउटा कारण हो ।
गौतमबुद्धको जन्म कपिलवस्तुको शाक्य परिवारमा राजा शुद्धोधन तथा रानी मायादेवीको पुत्रका रुपमा लुम्बिनीमा भएको थियो । रानी मायादेवी कपिलवस्तुबाट माइत देवदह जाने क्रममा लुम्बिनी वाटिकामा गौतमबुद्धको जन्म भएको थियो । उनको वास्तविक नाम सिद्धार्थ गौतम हो । कपिलवस्तु भगवान गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलिहवा मन्दिर, गौतम बुद्ध सँगै सम्बन्धित गोटिहवालगायतका प्रशस्त क्षेत्र, विश्व सिमसार क्षेत्र, जगदीशपुर ताल, मितरियम कनिदर सिउराजका महत्त्व बोकेका क्षेत्र उमारी गुफा लगायतका धार्मिक सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेका स्थल कपिलवस्तुमै रहेका छन्।तिलौराकोट एक प्राचीन पुरातात्विक महत्त्व बोकेको स्थल हो। बुद्ध लुम्बिनीमा जन्मिए पनि उनको स्याहारसुसार कपिलवस्तुमै भएको थियो । हुर्की बढी यहींबाट राजसी सुख सयल त्यागेर ज्ञान प्राप्तिका लागि उनी निस्किएका थिए । तौलीहवाबाट ४ किमी उत्तर वाणगङ्गा नदीको नजिकै पूर्वतिर अवस्थित यो क्षेत्रमा उत्खनन कार्य पनि भइरहेको छ। उत्खनन कार्यबाट उक्त क्षेत्र वरिपरिका विभिन्न भग्नावशेष दिनदिनै देखा परिरहेका छन्। गौतम बुद्धले २९ वर्ष बिताएको बाबु राजा शुद्धोधनको दरबारसमेत यसै क्षेत्रमा रहेको छ। तिलौराकोट दरबारको भग्नावशेष क्षेत्र वरिपरि अहिले पनि उत्खनन गरी अनुसन्धान शुरु भएको छ।बुद्धको क्रिडास्थल तिलौराकोट कपिलवस्तुको तौलिहवादेखि चार किमी उत्तरमा पर्छ । मगध सम्राट् अशोकले इपू २५१ देखि २४५ सम्म तिलौराकोटको खोजी गरेका थिए ।
तिलौराकोट ओझेलमा
तिलौराकोट ओझेलमा
Advertisement
तपाईको प्रतिक्रिया