बझाङ। बझाङमा निर्माणाधीन कालङ्गागाड जलविद्युत आयोजनाको सुरुङमा फसेका चारै जना मजदुर मृत भेटिएका छन् ।सुरुङमा फसेर मृत्यु हुनेमा दैलेखको गुराँस गाउँपालिका ३ का कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद गाउँपालिका ६ का महेन्द्र साउद र बझाङ बुङ्गल नगरपालिका १ का शेरसिंह धामी रहेका छन् ।अक्सिजनको कमिका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ ।सुरुङ सफा गर्न ट्याक्टर सहित टनेल छिरेकाउनीहरू आइतबार दिउँसो ३ बजेदेखि सुरुङभित्र थुनिएका थिए । उनीहरूको शव २४ घण्टापछि सोमबार दिउँसो ३ बजे बाहिर निकालिएको हो ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको उद्धार प्रयास सफल हुन नसकेपछि सोमबार काठमाडौँबाट उद्धार टोली झिकाइएको थियो ।सोमबार दिउँसो हेलिकोप्टरमार्फत घटनास्थल पुगेको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयको उद्धार टोलीले सुरुङबाट शव निकालेको प्रहरीले जनाएको छ ।
सुरुङमा फसेका चार मजदुर मृत भेटिए
सुरुङमा फसेका चार मजदुर मृत भेटिए
Advertisement
तपाईको प्रतिक्रिया