काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जबर्जस्ती करणी उद्योगमा मुद्दा चलाइएका महरालाई सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाउन आदेश गरेको हो । दुई दिनसम्म थुनछेक बहसपछि अदालतले उनलाई थुनामा राख्ने आदेश दिएको हो। मुद्दाको टुंगो नलागेसम्म उनी कारागारमा रहनेछन् । उनलाई डिल्ली बजार कारागार लगिँदै छ ।
Advertisement