• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

प्रविधीको प्रभाव : गाउँमै भेटिन छाडे ढिकी, जाँतो र कोल


  •   सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
  • राजेश जीसी,(खलंगा) प्यूठान। पुरानो जीबनशैलीसग जोडिएका पुराना प्रबिधीहरु पछिल्लो समय लोप हुदै गएका छन् । पहिला गाउँघरमा कोल, पानीघट्टा, ढिकी जाँतो जस्ता पुराना प्रबिधी निकै प्रयोग हुन्थे तर अहिले ती प्रबिधीको अस्थित्व प्राय संकट परिसकेको छ । मानिसको जीवनशैलीलाइ सहज बनाउने यी साधनको संरक्षण नहुदाँ यिनीहरु लोप भएका हुन् । प्यूठानमा पहिला यस्ता प्रबिधीको प्रयोग गरि मानिसहरुले कोलमा तोरी, चिउरी पेलेर तेल तथा पानीघट्टा, ढिकी जाँताबाट धान ,मकै पिसेर दैनिकी चलाउथे । बिगतका समयमा जिल्लाभरी कयौँ यस्ता परम्परागत प्रबिधीहरु थिए तर अहिले सबै लोप भएका छन् ।प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको छ ।ग्रामिण क्षेत्रमा प्रयोग हुने यस्ता साधनको संरक्षण नहुदाँ पुरानो जीबनशैलीसगँ जोडिएका कोल, पानीघट्टा, ढिकी जाँताजस्ता प्रबिधीहरु लोप भएर गएका छन । पुरानो इतिहास बोकेका यस्ता प्रबिधीहरु संरक्षण गुर्नुपर्ने भएपनि संरक्षण हुन सकेको छैनन् । गाउँ गाउँ सम्म बिद्युतीय प्रविधिको विकास हुन थालेसँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु,तोरी र फिलुङ्गगे पेल्ने परम्परागत कोल तथा पानीघट्टा, ढिकी जाँतो गाउँबाटै लोप हुदै गएको प्यूठान नगरपालिका १० का ६५ बर्षिय तुकमान पुनले बताए ।‘पहिला सबैका घरमा पिसानीका लागी ढिकी झातो तथा गाउँलाई पायक पर्ने स्थानमा कोल थिए तर अहिले ती प्रबिधी देखिनै छाडे’ उनले भने,‘ आधुनिक प्रबिधीको विकाससँगै प्युठानका गाउँगाउबाट परम्परागत प्रबिधी हराए ।’ पछिल्लो समय आधुनिक बिद्युतीय सामाग्री आएपछि कुटानी तथा पिसानीका लागी मिल प्रयोग हुन थालेपछि गाउँमा भएका यस्ता प्रबिधी प्रयोग बिहिन भएको झिमरुक गाउँपालिका ४ का हुकुम बहादुर जीसीले बताए । ‘हामीले अन्न कुट्न तथा पिस्नका लागी ढिकी जाँतो प्रयोग गथ्र्यौ तर अहिले ती प्रबिधी कतै छैनन्’ उनले भने,‘ अब ती सामाग्री हाम्रा सन्तानका लागी दन्त्य कथा जस्तै भएका छन् ।’ हाम्रा बाउ बाजे (पुराना पुस्ताका मानिस)ंले प्रयोग गरेका प्रबिधीको संरक्षणका लागी कसैले चासो नदिएको उनले गुनासो गरे । पुरानो शिप तथा प्रविधिका साधनहरू पानीघट्ट, ढिकी, जाँतो, कोलजस्ता साधनको संरक्षण गर्न स्थानीय सरकार तथा स्थानीयवासीहरु लाग्नुपर्ने उनको बुझाई छ ।कुनैकुनै गाउँमा फाटफुट परम्परागत ढिकी जाँतो देख्न पाइन्छ । परिवर्तित समय, प्रविधिको विकास र मानिसको कष्ट गर्ने बानी हराउदैं जाँदा परम्परागत प्रविधि लोप हुदैं गएको जान थालेको हो।

    Advertisement

    सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation