माधव बेल्वासे,कपिलवस्तु चन्द्रौटा कपिलवस्तुको कृष्णनगर बुधवार वाट सुरु भएको विवाद र झडप अहिले शान्त बन्दै गएको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा भएको विवादले उग्ररुप लिँदा प्रहरीको गोली चलाउँदा २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशम्सेर जबराले बताउनुभएको छ ।तर पनि वुधवार विहान ११ वजे वाट सुरु भएको निषेधाज्ञा अझै पनि कायमै रहेको छ । वुधवार साझ जिल्ला सुरक्षा समितिको बैठक वसी मध्यरातमा प्रहरीले लक्ष्मीको मुर्ति नजिकै रहेको तलाउमा विसर्जन गरिएको छ । शुत्रवार भने अवस्था सामान्य बन्दै गइरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।उक्त घटनालाई साम्य बनाउन १० बुँदे सहमति भएको छ ।
सहमति भएका बुँदामा मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कारवाही गर्ने, मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मृतक पाण्डेलाई शहिद घोषणा गर्न सम्वन्धित निकायमा सिफारिस गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासन ले जनाएको छ ।मृतक पाण्डेको शव पोष्टमार्टमका लागि तौलिहवा ल्याइएको छ ।पोष्टमार्टमपछि मृतकका परिवारलाई शव जिम्मा लगाउने बताइएको छ । शुक्रवार पनि विहान नै वाट कृष्णनगर क्षेत्र सुनसान रहेको छ । अवस्था हेरेर साझ सम्म कर्फ्यू हटाउने सुरक्षा अधिकारीको भनाई छ ।
१० बुँदे सहमतिपछि कृष्णनगर घटना साम्य बन्दै, कर्फ्यू भने कायमै
१० बुँदे सहमतिपछि कृष्णनगर घटना साम्य बन्दै, कर्फ्यू भने कायमै
Advertisement
तपाईको प्रतिक्रिया