काठमाडौं । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी उद्योगमा ५ बर्ष कैद मागसहितको मुद्दा दर्ता गराएको छ ।रोशनी शाहीको उजुरीका आधारमा काठमाडौं प्रहरी परिसरले अनुसन्धान गरी दिएको रायका आधारमा सरकारी वकिलको कार्यालयले उक्त व्यहोराको मुद्दा दर्ता गराएको हो ।महरामाथि शाहीलाई बलात्कार प्रयास गरेको, अत्यधिक मदिरा सेवन गरेकोलगायतका विवरण र प्रमाण अनुसन्धानमा जुटाएर सरकारी वकिलको कार्यालयमा रायसहितको विवरण प्रहरीले बुझाएको थियो ।पटक–पटक अनुसन्धानमा असहयोग गरेपछि महराविरुद्ध तिहारअघि नै प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
Advertisement