अनिल खत्री, गुल्मी । गुल्मीमा जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ९ ददल्कामा लु १ च ३५१४ नम्बरका पिकप भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।बुधवार साझ जीप सोही वडाको पाँणथोकबाट ददल्का जाँदै गरेको पिकप भ्यान ददल्का काबरोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी निधन हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ९ अर्लाङ्कोटका अन्दाजी ७० वर्षीय रामप्रसाद खरेल र रेसुङ्गा नगरपालिका वडा नम्बर ३ ५८वर्षिय मसुरि बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइते हुनेहरुमा मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीका २३ वर्षीय भानुभक्त पौडेल, ८ वर्षीय सोनीया बिक, २६ वर्षिय बिष्णु बिक र चालक ३० वर्षिय ज्ञानबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । घाइतेहरु सबैलाई उपचारको लागि बाग्लुङ्गको हटियामा सामान्य उपचारपछि पाल्पा पठाइएको प्रहरीले जनाएको छ । जीपमा चलक सहित ६ जना मात्रै सवार थिए ।
गुल्मी जीप दुर्घटनामा २ को मृत्यु ४ जना घाइते ( नामावली सहित )
गुल्मी जीप दुर्घटनामा २ को मृत्यु ४ जना घाइते ( नामावली सहित )
Advertisement
तपाईको प्रतिक्रिया