बुटवल । टोकरी बेकरी दोश्रो शाखा बुटवलमा संचालनमा आएको छ । बुटवल ९ होराइजनचोकमा बेकरीको चर्चित गायक प्रकाश सपुतले रिबन तथा केक काटेर शुभारम्भ गरे ।करिब ८० लाखको लागतमा आधुनिक शैलीमा टोकरी बेकरी संचालनमा ल्याइएको हो । यसअघि काठमाडौंको सामाखुसीबाट बेकरीले आफ्नो पहिचान र ब्राण्ड स्थापित गरेको थियो ।रिबन काटेपछि सपुतले नेपालमै पनि राेजगारी सिर्जना गर्न सकिने उदाहरण टाेकरी बेकरीले देखाएकाे भन्दै धन्यबाद दिएका थिए ।बेकरी डेढ बर्षदेखि काठमाडौंमा संचालनमा आइरहेको थियाे ।
टोकरी बेकरीमा बेकरी जन्य उत्पादनका साथै फास्ट फुडको पनि ब्यबस्था गरिएको संचालक इन्दिरा पौडेलले बताए ।बुटवलमा बेकरीको माग बढेपनि यस्को बजारलाइ अझै ब्यवस्थित बनानुपर्ने उनको भनाइ छ । टोकरी बेकरीमा सिइयो लक्ष्मण ज्ञवाली सहित इन्दिरा पौडेल,सागर पौडेल,राधिका पौडेल, हरि पौडेल लगायतको लगानी रहेको छ ।टाेकरी बेकरी बुटवलमा १० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
टोकरी बेकरीकाे दोश्रो शाखा बुटवलमा, प्रकाश सपुतले काटे रिवन
टोकरी बेकरीकाे दोश्रो शाखा बुटवलमा, प्रकाश सपुतले काटे रिवन
Advertisement
तपाईको प्रतिक्रिया