अनिल खत्री , गुल्मी । कुशल प्रशासक जसले आफनो कार्यालकालाई जनमैत्री बनाउने प्रयास गरे । सरकारी कर्मचारी तलव भत्ता मात्रै पचाउन र समय कटाउन मात्रै केन्द्रित हुन्छन् भन्ने मान्यतालाई चिर्ने काम गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडीयो) यदुनाथ पौडेले सुरुवात गरेका छन् । गुल्मी जिल्लामा ०७५ साल असार १८ गते प्रमुख जिल्ला अधिकारीको रुपमा गुल्मीमा आएका पौडेलले चाहे परिर्वतन गर्न सकिन्छ भन्ने सन्देश दिएका छन् । ०७६ कात्तिक १ गते जिल्लाबाट दाचुर्ला प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवाका प्रमुख जिल्ला अधिकारी (सिडीयो) पौडेलेको गुल्मी बसाईको १६ महिना १६ वटा भन्दा वढि जनमैत्री कामहरु भए । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा भएका जुन कार्यले नागरि र समाजमा सुशासनमा महत्पूर्ण टेवा थपेको छ । धेरै कामहरु भए तर त्यसमध्ये सस्तो लोकप्रिय कमाउने भन्दा पनि नागरिकलाई प्रत्यक्ष रुपमा त्यसले फाइदा पार्ने खालका कामहरु भएका छन् । जसले नागरिकमा प्रत्यक्ष प्रभाव पर्ने गरि कार्य गरे । अन्य कार्यालयको समेत अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले आफनै कार्यालयबाट केहि गर्न सकिन्छ भन्ने सन्देश दिनेगरि कामको सुरुवात गरे ।
नागरिक सहायता कक्षा स्थापना
सुरुमै प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनमा बिचौलीएको बिगबिगीलाई अत्य गर्ने काम गरे । जिल्ला प्रशासन कार्यालय गुल्मीमा कुनैपनि काम गर्न जाँदा कसैलाई लगेर काम गराउनु पर्ने बाध्यतालाई अत्य गर्ने काम गरे । प्रशासनको प्रवेशद्वारमै नागरिक सहायता कक्ष राखेर खटिएका कर्मचारीले के काम लिन आएको हो ? सोधपुछ गरि सम्वन्धित कोठामै पुराएर सेवा प्रवाहमा सहज बनाइयो । यसले नागरिकहरुमा काममा निकै सहज बनाएको छ । प्रशासनको काममा सेवाग्राहीलाई कुनै पनि निवदेन लेख्न पैसा खर्च गर्न नपर्ने बनाए प्रशासनकै खर्चमा छपाई भएका २२ प्रकारका निवेदन र अन्य फारम निःशुल्क उपलब्ध गराएपछि राहदानीको राजश्वमा लाग्ने दस्तुर बाहेक एक पैसा पनि खर्च नगरि सेवाग्राहीले सेवा लिने बतावारण प्रमुख जिल्ला अधिकारीले बनाए ।
बिचौलीयाको ढोका बन्द
नागरिता सायता कक्ष स्थापनाले नागरिकलाई सहज मात्रै भएन । जसले सेवाग्रहीको ठूलो आर्थिक रकम बचत गरिदियो । सहायता कक्ष स्थापनको अबधीमा झण्डै १० हजार सेवाग्रहीका बिभिन्न निबेदन लेखियो । जसबाट बिचौलिहाबाट सेवाग्रही ठगिनबाट बन्चीत भए । यसबाट झण्डै १ करोड बचत भयो । जुन काम प्रमुख जिल्ला अधिकारी पौडेलले परेको निकै महत्वपूर्ण र जनमैत्री काम हो । यो कार्यले जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिन पुग्ने सहज र सरल बनेको छ ।
२४० प्रतिशत भाडा घटाइयो
निकै चुनौतीपूर्ण रहेर जिल्लाका सडकहरु स्तर उन्नती हुँदा समेत सवारी साधनको भाडा समायोजन नहुदा यातायात व्यवसायीबाट ठगिएका गुल्मेलीहरुलाई भाडा समायोज गरियो । जुन काम प्रमुख जिल्ला अधिकारी पौडेलको तेस्रो महत्वपूर्ण काम हो । गुल्मीका यातायात व्यवसायीले भाडा समायोजन कार्यान्वयनमा प्रतिवद्धता जनाएका छन् । जिल्ला सदरमुकामबाट ग्रामीण भेगमा पुग्ने सडक स्तर उन्नती भएपछि सार्वजनिक यातायातको नयाँ भाडा दर कायम भयो । जिल्लामा ०७३ सालमा कायम भएको भाडादर नै लागु गरिदैँ आएको थियो । जिल्लाका बिभिन्न स्थानका सडकहरु स्तर उन्नती र केहि सडकहरु कालोपत्रे समेत हुदासार्वजनिक यातायातका पुरानै भाडा कायम थियो । नयाँ भाडा दर अनुसार पहिले तिर्ने गरेको भाडामा २ सय ४० प्रतिशत कम भाडा दर कामय भएको छ । यसले धेरै नागरिकलाई सहज मात्रै होइन धेरै आर्थिक रकम बचत भएको छ । अहिले कायम गरिएको नयाँ भाडा दर अनुसार अब जिप, हायस तथा डिलक्स बसको पक्कि सडकमा प्रतिकिलोमिटर तीन रुपैँया ६२ पैसा पर्नेछ । अहिले कायम भएको भाडाअनुसार जिप र हायसमा कच्ची सडकमा सात रुपैँया २५ पैसा कायम गरिएको छ । यसअघि सोहि सवारी साधनमा यात्रा गर्दा प्रतिकिलोमिटर नौ रुपैँया तिर्नुपर्ने थियो । त्यस्तै जिप र हायसमा नै ग्राभेल सडकमा छ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया ६२ पैसा कायम गरिएको छ । त्यस्तै बस र मिनि बसमा कच्ची सडकमा प्रति किलोमिटर एक रुपैँया ५० पैसाका दरले भाडा घटेको छ । पहिले प्रतिकिलोमिटर सात रुपैँया २५ पैसा थियो । तर अहिले भने अब छ रुपैयाँ कायम गरिएको छ । बस र मिनि बसको भाडा ग्राभेल सडकमा प्रतिकिलोमिटर पाचँ रुपैँया तथा पक्कि सडकमा तीन रुपैँया दुई पैसा कायम गरिएको छ । हाल जिल्लामा १०८ वटा सडकमा नियमित यातायात संचालन हुने गर्दछन् । यो काम प्रमुख जिल्ला अधिकारी पौडेलको सक्रियतामा गरियो ।
कार्यालयमा डिजीटल वडापत्र
प्रशासनमा डिजिटल वडापत्र राख्ने काम पनि भयो । यसले कुन शाखाबाट के काम हुन्छ भन्ने जस्ता सेवाग्रहीले एकै ठाउँबाट पाउने गरेका छन् । यसले पनि सेवाग्रहीलाई काम गर्न सहज भएको छ । कार्यालयको गेटमै पुग्ने सेवाग्रहीले सजिलैसँग टिभीमा कुन शाखामा कुन कर्मचारीले के सेवा दिन्छ भन्ने पाउन सक्छन् । कुनैपनि सेवा लिन जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुग्ने अल्मलिनु पर्ने बाध्यता डिजिटल नागरिक वडापत्रले गरिदिएको छ । यो कार्म प्रमुख जिल्ला अधिकारी पौडेललेको नागरिक मैत्री चौथो काम हो ।
निशुल्क इन्टरनेट
अहिलेको युग प्रबिधिीको युग हो । यो युगमा धेरै कामहरु इन्टरनेटको मात्तयमबाट गर्न सकिन्छ । त्यसलाई मध्यजनर राखेर सेवाग्रहीलाई काम गर्न सहज प्रशासन कार्यालयमा निशुल्क इन्टरनेट पनि राखिएको छ । यसले कुनै पनि जानकारी लिन पठाउनको लागि सहज बनाइने काम भएको छ । प्रशासनमा बसेर कुनैपनि डकुमेन्ट पठाउन र पाउनको निम्ति इन्टरनेटले सहज बनाएको छ । यसले धेरै सेवाग्रहीको काममा सहजता ल्याएको छ । यो नागरिकमैत्रीको पाँचौ नम्बरको काम हो ।
निशुल्क अभिलेख पाउने, पठाउने व्यवस्था
जिल्ला प्रशासन कार्यालयले अन्य जिल्लाबाट अभिलेख पठाउन र पाउने पनि व्यवस्था मिलाएको छ । यसले सेवाग्रही बाहिर धेरै रकम खचिर्नु पर्ने बाध्ता हटेको छ । यो सेवा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्रही बाहिर चर्को मुल्य तिर्ने गरेको पाएपछि कार्यालयमै निशुल्क पठाउने र पाउने व्यवस्था मिलाएका हुन् । यसले नागरिककको समयको बचतसँगै धेरै आर्थिक रकम बचत गरेको छ । यो कार्य नागरिक मैत्रीको अर्को महत्पूर्ण कार्य हो ।
कार्यालयमै सिसीटिभी
प्रशासनको काम र सेवाग्रहीलाई काम गर्न सहज बनाउनको लागि सिसी क्यामरा समेत जडान गरिएको छ । कुन ठाउँमा के काम भइरहेको छ जस्ता सबै जानकारी प्रमुख जिल्ला अधिकारीले हेर्ने गरि व्यवस्था मिलाइएको छ । यसले पनि जिल्ला प्रशासनको काममा पारदर्शिता ल्याएको छ । कुनैपनि कर्मचारीले सेवा प्रवाहमा ढिला सुस्ती गरे सिधै प्रमुख जिल्ला अधिकारीले हेर्ने गर्नाले कर्मचारीहरु पनि काम प्रति जिम्मेवार भइ कार्य गर्नाले सेवाग्रहीलाई सहज बनाएको छ ।
राहदानी फारममा एउटै मुल्य कायम
प्रत्यक्ष रुपमा सेवा ग्रहीको हितको निम्ति बफदार प्रमुख जिल्ला अधिकारी पौडेलले प्रशासनका कामलाई धेरै सुधारका काम भएका छन् । सदरमुकामका फोटोे स्टुडियो सञ्चालकलाई फोटाको सहुलियत दर निर्धारण गरेर सेवाग्राही सेवा लिन आउँदा उक्त फोटाको बिल समेत लिएर आउनपर्ने अनिवार्य गरियो । यसले कुनैपनि बाहनामा चर्को मुल्य लिन नपाउने गरि नर्णिय गरियो । यो कार्यले मनोमानी रुपमा राहदानीको फोटो र फारक भदा ल्याउने मुल्यमा एक रुपता ल्याउने काम भयो । यसले प्रशासनिक काममा सेवाग्रहीलाई ठगिनबाट रोक्नुका साथै काम गर्न सहज बनाएको छ ।
कार्यालयमै हुलाक टिकट
सुन्दा हेर्दा सानो काम लाग्न सक्छ । तर सानो साने काम धेरैले सेवालिदा ठूलो संख्या हुन्छ । यसले नागरिकमा प्रभाव पार्दछ । बाहिर १० रुपैयाँको हुलाक टिकट समेत १५ रुपैयाँमा बेच्ने चलन तोड्दै १० रुपैयाँमै प्रशासनभित्र टिकट दिने व्यवस्था समेत गरेका छन् ।यसले नागरिकको बढि मुल्य तिर्नबाट बञ्चीत गराएको छ । यो काम नागरिक मैत्री अर्को महत्पपूर्ण काम हो ।
वालवालिकाको उद्धार
श्रीमानले श्रीमतीको हत्य गरि बिचल्लीमा परेका जिल्लाको मदाने गाउँपालिका पुर्कोटका वालवालिकाको उद्धार गरियो । श्रीमतीको हत्यपछि श्रीमान कारगार गएपछि ३ जना वालबालिका सरक्षण र रेखदेखको अभावमा बिचल्लीमा परेका थिए । त्यस्ता बालवालिकाको प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा काठमाडौं एसोएस वालग्राम काठमाडौंमा लालन पालन गर्ने गरि पठाइयो । यो कार्यले ति बालवालिकाहरुको शिक्षा र खानपान लगायतबाट सुबिधा पाए । यो कार्य प्रजिअ पौडेलको अर्को मुख्य काम हो ।
सडक बालवालिकाको उद्धार
तम्घासका सडकमा बेवारिसे अबस्थामा मागेर खाने बालवालिकाको उद्धार गरियो । यो कार्यमा प्रमख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा बजारमा रहेका बालवालिका जम्मा गरेर उनिहरुका अभिभावक पत्ता लगाई लालन पालन गरि शिक्ष दिक्षा दिने सहमती गराई जिम्मा लगाईयो । यो कार्यले पढनबाट बञ्चीत र सडकमा बसेर मागेर भेटाए चोरेर खाने बालवालिकाको अत्य गर्ने काम भयो ।
१५ मिनेटमै सेवा
प्रशासन कार्यालय गुल्मीमा हाल कुनै पनि कामको लागि १५ मिनेट भन्दा बढि सयम कुर्न नपर्ने गरि सेवाप्रवाह गरिएको छ । कुनैपनि काम छिटो गराउन कसैलाई लिएर जानुपर्ने बाध्यतालाई अत्य पनि गरिएको छ । कसैले छिटो काम गराउने बाहनामा कसैलाई लैजाने गरे । यसको काम झनै पछि गर्ने गरि सबै सेवाग्रहीलाई समान व्यावहार दिने सुरुवात यिनै प्रमुख जिल्ला अधिकारी पौडेलले गरेका छन् ।
गाउँमै सेवा
जिल्लाका ग्रामीण बस्तीबाट सदरमुकाम सेवा लिन आउन नसक्नेहरुको लागि बिभिन्न सेवा सहित घुम्ती शिबिर राखियो । यो कार्यमा प्रमुख जिलला अधिकारी पौडेलले नेतृत्व गरे ।उनले जिल्लाका सबै ठाउँमा राखिएका घुम्ती शिबिरमा आफै पुगेर सेवा प्रवाहलाई सहजता ल्याउने काम गरे । सयले प्रशासनले सेवाग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा एकिकृत घुम्ती शिबिर राखियो । प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा राखेको घुम्ती शिबिरबाट २ हजार वढिले बिभिन्न सेवा लिए । गाउँमै सेवा पुग्दा जन्मेदेखि बृद्धा अबस्थामा पुगेरनागरिता नपाएका कतिपयले पहिलो पटक नागरिता पाए । यो कार्य असाय अशक्क्तहरुको लागि निकैप्रभावकारी बन्यो । सेवाले गाउँमै सेवासँगै गाउँमै पुगेको सेवाले सेवाग्रहीराई सेवा प्रबाहमा सहज हुनुका साथै समय आर्थिक बचत पनि गराएको छ ।
तम्घास बजारमै सिसीटिभी
अपराध नियन्त्रण गर्नको लागि भन्दै गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसिटिभी क्यामरा जडान गरिएको छ । जिल्ला सदरमुकाम तम्घास बजारका अति संबेदनशिल स्थानमा सिसीटिभी जडान गरिएको हो । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बजार क्षेत्रमा सरकारी र गैर सरकारी क्षेत्रको सहयोगमा बजार भरि नै सिसीटिभी राख्ने काम भइरहेको छ । यसले बजार क्षेत्रमा चोरी डकौटी लगायत अपराधजन्य क्रियाकलापमा नियन्त्रण गर्न महत्पूर्ण भूमिका खेल्ने आशा गरिएको छ । बजार क्षेत्रमा सिसी क्यामरा जडानसँगै शहरी क्षेत्रमा शान्ति सुरक्षाको व्यवस्थाले व्यवसायीहरुलाई पनि ढुक्कसँग व्यवसाय गर्न मद्दत मिल्ने अनुभूति दिलाएको छ । यो कार्य प्रजिअ पौडेलको नेतृत्वमा गरिएको अर्को महत्वपूर्ण काम हो ।
मदिरा नियन्त्रणमा
समाजमा बढ्दो अपराधजन्य क्रियाकलापको मुख्य जडको रुपमा रहेको घरेलु मदिरा नियन्त्रणमा प्रशासनले खेलेको महत्वपूर्ण भूमिकाले जिल्लामा पछिल्लो समय यता घरेलु हिंसामा कमी आएको छ । यो कार्यमा प्रजिअ पौडेलले देखाएको महत्वपूर्ण भूमिकाले घरेलुहिंसामा कमी आउदा महरिाबाट उठने झै–झगडामा कमी आएसँगै प्रहरीकहाँ आउने उजुरीमा पनि कमी ल्याएको छ । हाल जिल्ला भर स्थानीय तहले मदिरा नियन्त्रणमा एकदमै कढाई र नियम नै बनाएर बिक्री गर्ने समय तालिका बनाएका छन् । पछिल्लो समय यता यस कार्यले हरेक क्षेत्रमा शान्ति सुरक्षा कमी आउनुका साथै धेरै घटना एबम् उजुरीहरुमा पनि कर्मी आएको हो ।
शुसासन कायम
गरेका सुधारका कार्यले अरु कार्यालयहरुले पनि अनुसरण गरेका पनि छन् । कामलाई पादर्शीता बनाई कुनै पनि व्यक्ति आफैले आफनो काम गर्न सिधैं कार्यालय प्रमुख या आफनो काम ागर्ने सम्बन्धीत कर्मचारीसँग पुग्न सक्नु पनि शुसासनको एउटा महत्पूर्ण काम हो । जिल्लामा धेरै ठगीजन्य घटनाहरुमा पनि प्रमुख जिल्ला अधिकारीको महत्वपूर्ण भूमिका रहेको छ । कतिपय लेनदेनका हिसाबहरुमा प्रजिअ पौडेलले खेलेको महत्वपूर्ण भूमिकाले धेरै व्यक्तिहरुको उद्धार भयो । जुन कार्य समाजमा रहेका ठगी गर्नेहरु र त्यसबाट मारमा परेका आम नागरिकको उद्धार भयो । यो कार्यको थालनी प्रशासनबाट सुरुवात भएको छ । यी १६ वटा मुख्य कामहरु बारे जानकारी गराइएपनि सयौं कामहरु छुटेका छन् । त्यस्ता कामहरु जनताले काम र सेवा लिने बेलामा अनुभूति गरे । यस्ता परिर्वतन प्रत्यक्ष सेवाग्रही एबम् आम नागरिकले गरेका अनुभूतिमा निर्भर रहेका छन् । जुन मुल्याङन नागरिक तबरबाट भयो । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा प्रशासन गुल्मी मात्रै होइन् समग्र जिल्ला वासीको निम्ति महत्वपूर्ण परिर्वतन ल्यायो यस कार्यको नागरिक र जिल्ला वासीले उहाँको आगामी यात्रा उज्जवल को कामना गरेका छन् ।