• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

गरिमा धानले दिएको पीडा:’हरियो बोट हेरेर बसेका छौँ’


  •   मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
  • सागर रिजाल,प्युठान । सरुमारानी गाउँपालिका–२ रत्ने गाउँका जीतबहादुर गुरुङले गत असार २२ गते आफ्नो खेतमा धान रोप्नुभयो । अगिल्ला बर्षहरुमा गोरखनाथ जातको धान रोपेका गुरुङले यो वर्ष गरिमा जातको धान रोप्नुभयो । तर यो वर्ष रोपेकोे धानले अहिलेसम्म बाला हालेको छैन् । दुई रोपनी खेतमा लगाएको धानले अहिलेसम्म बाला नहालेको उहाँले बताउनुभयो । गोरखनाथ धानको बिउ लिन एग्रोभेट गएको थिए, गुरुङले भन्नुभयो,–‘एग्रोभेट सञ्चालकले गरिमा धान राम्रो फल्छ भनेर भन्नुभयो भयो तर अहिलेसम्म धानले बाला हालेको छैन् । ’ आफुभन्दा पछि छिमेकीले अर्को जातको धान पाकिसक्दा समेत आफुले लगाएको गरिमा जातको धानले ढग्दा आफु चिन्तीत भएको उहाँले बताउनुभयो । अगिल्लो वर्ष ११ मुरी धान उत्पादन गरेको खेतमा अहिले धान नहुँदा उनी समस्यामा छन् । मल, पानी सबै हाले तर बाला हाल्ने समय हुँदा समेत बाला नहालेको उहाँले बताउनुभयो ।
    हरियो धान हेरेर बसेका छौँ ः किसान परिवार
    गत भदौँ महिनादेखी डोलीएको धान अहिलेसम्म समेत बाला नहाल्दा गुरुङ परिवार चिन्तामा छन् । सात जना सदस्य रहेका गुरुङ परिवारमा अगिल्ला वर्षहरुमा अन्य जातको धानबाट पाँच महिना खान पुगेपनि यो वर्ष धान नफलेपछि १२ महिनानै बेसाएर खानुपर्ने बाध्यता रहने उहाँले बताउनुभयो । यो समयमा तरकारी लगाउने गरेपनि यो वर्ष हरियो धान हेरेरै दिनहरु बितेको गुरुङले बताउनुभयो । त्यस्तै सरुमारानी गाउँपालिका– १ झिलीवाङका तकबहादुर राउतले गत साउन १४ गते ६ केजी धान रोप्नुभयो । तर उहाँको अवस्था पनि उस्तै भयो । दर्भान र झिलीवाङ गरि दुई स्थानमा रहेका खेतमा रोपेको गरिमा जातको धानले अहिलेसम्म बाला हालेको छैन् । अगिल्ला वर्षहरुमा २० मुरी धान उत्पादन हुने उक्त खेतमा अहिले धान नफल्दा राउत परिवार दुखी बनेका छन् । सात जनाको परिवार छ, राउतले भन्नुभयो,–‘छ महिना खान पुग्थ्यो तर यो वर्ष सबै बेसाएर खानुपर्यो ।’ अहिले सम्म धान नफल्दा आश समेत मरेको राउत बताउनुहुन्छ ।
    एग्रोभेटमा धान नफलेको गुनासो
    गुरुङ र राउत प्रतिनीधि मुलक पात्र मात्र हुन् । सरुमारानी गाउँपालिका –२ दर्भानमा रहेको बिरेन्द्र एग्रोभेटबाट गरिमा जातको धानको बिउ लिएका किसानहरुले धान नफलेको गुनासो गरेका छन् । हाँलसम्म एग्रोभेटमा सात जनाले धानले बाला नहालेको गुनासो गरेको एग्रोभेट सञ्चालक सन्दीप बेल्बासेले बताउनुभयो । किसानहरुको गुनासो वढेसंगै सञ्चालक बेल्वासेले आफुले खरिद गरेको लालीगुरास एग्रोभेट लमहीलाई जानकारी गराएको बताउनुभयो । बिरेन्द्र एग्रोभेटबाट प्युठान संगै छिमेकी जिल्ला अर्घाखाँचीका किसानहरुले समेत गरि करिब डेढ क्वीन्टल धानको बिउ लगेका थिए । धान नफलेको गुनासोहरु वढेको समेत उहाँले बताउनुभयो ।
    वडा र कृषि शाखामा जानकारी
    आईतबार जिल्ला स्थित मानवअधिकारकर्मी पार्वता आचार्य, गैसस अध्यक्ष नेत्रमणी आचार्य, हरप्लेस कार्यक्रम संयोजक टेक राना, पत्रकार महासंघ प्युठान शाखाका सचिव विजयसिंह भारती लगाएतको समुहले उक्त क्षेत्रमा गई अनुगमन गरेको थियो । अनुगमनका क्रममा धान नफलेको गुनासो किसानहरुले गरेका थिए । अनुगमन पश्चात सरुमारानी गाउँपालिका वडा नंम्बर २ का वडा अध्यक्ष बसन्त जिसी र कृषि शाखा प्रतिनीधि चम्पा पाण्डेलाई यस विषयमा जानकारी गराएको हरप्लेस कार्यक्रम संयोजक रानाले बताउनुभयो । हामीहरुले जनताका गुनासा तथा समस्यालाई पहिल्याउने र सम्बन्धीत निकायसम्म पु¥याउने काम गर्दै आएका छौँ, रानाले वडाअध्यक्षलाई भन्नुभयो,–‘किसानहरुलाई सहयोग गर्ने कुरामा एग्रोभेट संग समन्वय गरिदिनुहोला ।’ यस विषयमा वडा अध्यक्ष जिसीले आफुसंग यी गुनासाहरु अझै नआएको बताउनुभयो । अनुगमन समुहले धान नफलेको भेटाएपछि आफु किसानहरुलाई सोध्न जाने र किसानहरुलाई राहत पाउँने प्रक्रियाहरु अगाडी वढाउने बताउनुभयो ।

    Advertisement

    मङ्गलबार, कार्तिक ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...