जोगिन्द्र मल्ल,प्युठान। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको गौमुखी गाउँपालिका अध्यक्षमा अमृत के सि निर्वाचित भएका छन। नेपाल ट्रेड युनियन काङ्ग्रेस प्युठानद्धारा गौमुखी गाउँपालिका प्युठानको प्रथम अधिबेशनले केसिको अध्यक्षतामा १८सदस्यीय कार्य समिति निर्वाचित गरेको हो।जस्को उपाध्यक्षमा जोगिन्द्र मल्ल, उपाध्यक्ष सुमित्रा गौचन सचिव अर्जुन गिरि सह सचिव चित्रकला के सि कोषाध्यक्ष दिलिप थापा निर्वचित भएका छन। त्यस्तै सदस्यहरुमा कुमार पुन, प्रेम बुढा, धन बहादुर थापा ,बेगम थापा ,गोबिन्द बुढा ,दाल बहादुर बुढा ,बिशाल थापा ,मधुमया टोमाटा ,शान्ता अर्याल ,बसन्ता थापा,कृष्ण पौडेल ,कमला गिरि पदम बि क ,नारायण न्यौपाने छ्न।त्यसै गरि नेपाल ट्रेड युनियन गौमुखी गाउँपालिका युवा संयोजक हिमाल बुढा र महिला संयोजकमा पुस्पा मल्ललाई चयन गरेको छ।
अधिबेशन समापन गर्दै नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष ऋषिराम पण्डितले ट्रेड युनियन कांग्रेस मुलुक संचालन गर्ने र गरि खानेहरुको संगठन भएको बताउनुभयो। नयाँ संरचना अन्तर्गत प्युठानका ९ वटै स्थानीय तहमा युनियन गठन गर्ने अभियान रहेको बताउदै सबै निर्वाचित सदस्यहरुलाई कार्यकालको शुभकामना दिनु भएको छ।
ट्रेड युनियन कांग्रेसको गौमुखी अध्यक्षमा केसी निर्वाचित
ट्रेड युनियन कांग्रेसको गौमुखी अध्यक्षमा केसी निर्वाचित
Advertisement
तपाईको प्रतिक्रिया