• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ४. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

ट्री–हाउस हेर्नेको लर्को,एकैदिनमा १२ सयले गरे अबलोकन 


  •   आइतबार, असोज २६, २०७६ मा प्रकाशित
  • अनिल खत्री,गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै पर्यटकीय गनतव्य बनाउनको निम्ति निर्माण भएको ट्री–हाउसमा अबलोकन कर्ताको दैनिक जसो बढ्दै गएका छन् । जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को उनायचौरमा सल्लाको रुखमा ट्री–हाउस निर्माण गरिएको हो ।  गएको भदौबाट सञ्चालनमा आएको झण्डै २ महिनाको अबधीमा ट्री–हाउसले जिल्लामा र जिल्ला बाहिर चर्चामा कमाएको छ । सञ्चालनमा आएको केहि दिनबाटै  दैनिक १ सय जनाले ट्री–हाउस अबलोकन गर्नको निम्ति पुग्ने गरेका थिए ।तर यो संख्यामा हवात्तै बृदि भएको छ । दशैं तिहारको बिदा भएकाले स्कुलहरु पनि बन्द छन्  र दशैं तिहार मनाउनको निम्ति बिभिन्न ठाउँबाट आएकाहरुको रोजाईमा ट्री–हाउस बन्न पुगेको छ । दशैंको टिकाको अर्को दिनबाट क्रमश दिनानु दिन अबलोकन गर्नेहरुको संख्यामा बृद्धि हुदै गएको छ । दैनिक १ सयबाट ४ सय ६ सय गरि एकै दिन १२ सयले सम्म अबलोकन गर्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख र टिकट व्यवस्थापनको काम गर्दै आएका घनश्याम पन्थी बताए ।  ट्रिहाउस अबलोकनको निम्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण  गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ । बृद्धहरुको निम्ति निशुल्क र बिद्यार्थीहरुको निम्ति छुटमा १० रुपैयाँ लिने गरेर अबलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ । ट्री–हाउसमा शनिवार र बिदाको दिन धेरै पर्यटकहरु पुग्ने गरेको स्थानीय एवं त्यस स्थलको संरक्षण रेखदेख गर्दै आएका पन्थीले बताए । पर्यटकीय क्षेत्र बनाउन निर्माण भएको ट्री–हाउस हेर्नको निम्ति बिभिन्न स्थानबाट अबलोकन कर्ताहरुको संख्यामा बृद्धि हुदै गएको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेयले बताए । नगरले वालक देखि बृद्धसम्मलाई मनोरञ्जन लिने खालको पार्क र नगरकै उत्कृष्ट गनतव्य बनाउन गुरु योजना बनाएर अगाडी बढाइने वडा अध्यक्ष पाण्डेयको भनाई छ । केहि रुपमा संरचना पुरा भएपनि अरु धेरै उत्कृष्ट संरचना तयार गरेर नगरकै उत्कृष्ट घुम्न लाएक स्थल बनाउनको निम्ति काम अगाडी बढि रहेको वडा अध्यक्षले पाण्डेले बताए । प्रदेश नम्बर ५ वन मन्त्रालयको आर्थिक सहयोगमा उनाएचौरमा ट्री–हाउससँगै पर्यटकीय पार्क बनाइएको हो । सल्लाको रुखबाट तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्री–हाउस बनाएको छ ।जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा पर्ने स्थलमा सवारीका साधनबाटै पुग्न सकिन्छ । सल्लाको रुखमा फलामको सिडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिन्छ ।  रुखमै निर्माण गरिएको घर यस क्षेत्रकै नयाँ र नौलो खालको घर रहेको अबलोकनका लागि पुगेका हिमाल कुँवरले बताए । उनले सबै पुगेको देखेर आफुपनि हेर्नको निम्ति पुगेको बताए । त्यस स्थल निकै रमाइलो लागेको कुँवरको भनाई छ । यसक्षेत्रमा रमाइलो दृश्य सहित निर्माण गरिएको ट्री–हाउससँगै अरु बिकासको पनि कमी रहेको अबलोकनमा पुगेका कुँवरले बताए । यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मानेको अबलोकन गर्न पुगेकाहरु बताउछन् ।  ट्रिहाउस अबलोकनमा लागि पुग्ने गरेकाहरु निकै रमाइलो र अनौठो खालको लागेको बताउने गरेका छन् । उनाएचौरमा रहेको खाली ठूलो चौरमा धेरै वर्ष पहिले बिमानस्थल निर्माणको लागि पनि सम्भाव्यता अध्ययन गरिएको थियो ।  प्राबिधिक समस्या देखिए पछि सिमीचौरमा निर्माण भइरहेको छ ।  बिमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि स्थानीयहरु उत्साहित भएका छन् । त्यस स्थलको अबलोकनमा पुग्नेहरुले गर्दा नजिकै रहेका होटल तथा पसलहरुको व्यवसाय पनि बढेको व्यवसायीहरु बताउछन् । बिभिन्न क्षेत्रको आर्थिक सहयोगमा ट्री–हाउससँगै, पर्यटकीय पार्क बनाउनको निम्ति आर्थिक सहयोगमा बिभिन्न संरचना निर्माण गरिएको छ ।

    Advertisement

     

     

    आइतबार, असोज २६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ४.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...