• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

मध्यपश्चिममा पेट्रोलियम खपत तीन गुणाले वृद्धि


  •   शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
  • बाँके । पछिल्ला पाँच वर्षमा साविकको मध्यपश्चिम विकास क्षेत्रमा पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । नेपाल आयल निगम नेपालगञ्ज डिपोका अनुसार पछिल्ला पाँच वर्षको अवधिमा पेट्रोलियम पदार्थको खपत झण्डै तीन गुणाले बढेको छ ।नेपालगञ्ज डिपोका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ९७ हजार ३९० किलोलिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन) खपत भएकोमा गत आव २०७५/७६ मा पेट्रोलियम पदार्थ खपत दुई लाख ४८ हजार ६०६ किलोलिटर पुगेको छ । जसमा सबैभन्दा धेरै पेट्रोल र डिजलको खपत बढेको देखिन्छ ।निगमको यो तथ्याङ्कलाई आधार मान्दा पछिल्ला पाँच आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपत ४० प्रतिशतले प्रतिशतले बढेको छ । निगमका अनुसार यस अवधिमा पेट्रोलको खपत सबैभन्दा धेरै भएको देखिन्छ । आव २०७१/७२ मा तीन हजार २३२ किलोलिटर पेट्रोल खपत भएकोमा आव २०७५/७६ मा बढेर ३८ हजार ४१८ किलोलिटर पुगेको छ ।त्यस्तै आव २०७१/७२ मा ७३ हजार १६५ किलोलिटर खपत भएको डिजल आव २०७५/७६ मा एक लाख ६५ हजार ९४७ किलोलिटर पुगेको छ । त्यस्तै आव २०७१/७२ मा तीन हजार २०० किलोलिटर खपत भएको हवाई इन्धन आव २०७५/७६ मा बढेर सात हजार ८१९ किलोलिटर हवाई इन्धन पुगेको छ ।लआव २०७१/७२ मा १७ हजार ४८४ मेट्रिक टन र आव २०७५/७६ मा ३४ हजार ८४५ मेट्रिक टन खाना पकाउने ग्यास खपत भएको नेपाल आयल निगम नेपालगञ्ज डिपोको तथ्याङ्क छ । यस अवधिमा मट्टितेलको खपत भने सुरुआतमा केही बढेको देखिए पनि पछिल्लो तीन आवमा खपत दर स्थीर रहेको छ ।आव २०७१/७२ मा ३०९ किलोलिटर खपत भएको मट्टितेल आव २०७२/७३ मा झण्डै ६ गुणाले बढेर एक हजार ८३० किलोलिटर पुगेको छ । त्यसयता खपत दर झण्डै स्थीर छ । आव २०७३/७४ मा एक हजार ७०३ किलोलिटर, आव २०७४/७५ मा एक हजार ८८० किलोलिटर र आव २०७५/०७६ मा एक हजार ९३७ किलोलिटर खपत भएको छ ।विगतमा भन्दा पछिल्लो समयमा मट्टितेलको खपत विस्तारै खुम्चिँदै गएको नेपाल आयल निगम नेपालगञ्ज डिपोका प्रमुख नवविनोद पोखरेलले जानकारी दिनुभयो । सडक निर्माण र अन्य विकासका गतिविधि बढेसँगै मट्टितेल खपत घट्दै गएको र अन्य पेट्रोलियम पदार्थको खपत दर बढ्दै गएको उहाँको भनाइ छ ।‘इन्धन क्षेत्र आयातमुखी र खपत उन्मुख भएका कारण मट्टितेलबाहेक पेट्रोलियम पदार्थको वृद्धिदर उच्च भएको छ । आर्थिक गतिविधि र विकासका काम बढेका छन्, सवारी आयातमा उच्च वृद्धि भएको छ, हामीसँग भने पेट्रोलियमको कुनै स्रोत छैन । त्यसैले पनि खपत दर उच्चरूपमा बढेको छ’, डिपो प्रमुख पोखरेलले भन्नुभयो ।पेट्रोलियमको स्रोत नभए पनि विद्युत्, वैकल्पिक ऊर्जाका स्रोतमार्फत पेट्रोलियम आयात घटाउन सकिए पनि त्यसो नहुँदा आयात बढेको उहाँको भनाइ छ । पेट्रोल र डिजलको खपत दर बढेसँगै नेपालगञ्ज डिपोमा रहेका मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल भण्डारणका लागि स्थानान्तरण गरिँदैछ ।अहिले नेपालगञ्ज डिपोमा पेट्रोल भण्डारण क्षमता २१० किलोलिटर मात्रै छ । जुन दुई दिनका लागि मात्रै पुग्छ । मट्टितेल भण्डारण क्षमता ७६० किलोलिटर रहेको छ, जुन १२६ दिनलाई पुग्छ । त्यसैले पनि निगमलाई पेट्रोल भण्डारण क्षमता बढाउनै पर्ने बाध्यकारी अवस्था देखिएको छ ।अहिले निगमलाई सबैभन्दा ठूलो चुनौती भण्डारणको छ । कुनै कारणले तीन/चार दिन आपूर्ति असहज भएमा त्यसको व्यवस्थापन गर्न निगमलाई धौधौ पर्छ । यही आवश्यकतालाई ध्यानमा राखेर निगमले ८० किलोलिटर मट्टितेल भण्डारण क्षमता राखेर पेट्रोल भण्डारण क्षमता ८९० किलोलिटर पुर्‍याउने भएको छ ।‘मट्टितेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि प्रक्रिया सुरु भइसकेको छ’, डिपो प्रमुख पोखरेलले भन्नुभयो, ‘पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने अहिलेको भण्डारणले माग धान्न पनि धौधौ पर्नेछ । त्यसका लागि भण्डारण क्षमता विस्तार अत्यावश्यक नै रहेको छ । त्यो प्रक्रिया सुरु भइसक्यो ।’मट्टितेलको खपत न्यून भएपछि निगमले मट्टितेल भण्डारण गर्ने ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न सुरु गरिसकेको उहाँको भनाइ छ । डिपो प्रमुख पोखरेलले भन्नुभयो, ‘अब मट्टितेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि झण्डै १० दिनसम्म पुग्ने पेट्रोल भण्डारण हुनेछ ।’ मट्टितेलको माग घट्दै गएपछि मट्टितेल बोक्ने ट्याङ्कर पनि पेट्रोलमा रूपान्तरण हुनेछन् ।निगमका अनुसार छुट्टै पेट्रोल ट्ययाङ्की राख्न धेरै रकम आवश्यक पर्ने भएपछि कम लागतमा मट्टितेल ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरण गर्न लागिएको हो । पेट्रोल भण्डारण क्षमता बढेपछि उपभोक्ताका लागि अझै सहजरूपमा इन्धन आपूर्ति गर्न सकिने डिपो प्रमुख पोखरेलले बताउनुभयो ।‘अहिले मट्टितेलभन्दा पेट्रोलको माग निकै बढ्दो क्रम

    Advertisement

    शुक्रबार, असोज २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation