दशैमा सेनाको निशुल्क बस सेवा, ७ वटा रुटमा गुड्ने

कामना डेली,काठमाडौं।नेपाली सेनाले बडादशैंको उपलक्ष्यमा निशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । सैनिक जनसम्र्पक निर्देशनालयले दिएको जानकारीअनुसार दशैंको दिन यात्रुको सहजताको लागी उपत्यकाका विभिन्न सात वटा रुटमा सेनाका बस सन्चालन हुने छन्।भद्रकालीलाई केन्द्रविन्दु बनाएर सेनाले असोज २१ गते टिकाको दिन निशुल्क बस सेवा संचालन गर्ने भएको हो। काठमाण्डौं उपत्यकाभित्र सार्वजनिक सवारी साधन न्यून मात्र सञ्चालन हुने भएकोले सैनिक तथा गैह्र सैनिक व्यक्तिहरुको आवागमनमा सुविधा र्पुयाउने उद्देश्यले बस सेवा संचालन गर्ने जनाएको छ ।विगतका वर्षहरुमा पनि सेनाले निशुल्क सवारीसाधन सञ्चालन गर्ने गरेको थियो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...