नेत्र मरासिनी,अर्घाखाँची। शीतगंगा नगरपालिकाको सहयोगमा निर्मित संकलन केन्द्रमा जम्मा भएका २ सय बढी खसीबोका देखेपछि होटल सञ्चालक आश्चर्य मान्दै भन्छन, ‘शीतगंगामा यति धेरै बाख्रा रैछन? कसरी विक्री गर्ने हो?’ सहकारीकी व्यवस्थापक भन्छिन ‘यो त शुरुवात मात्र हो, अब सबै बाख्रा तौलेर मात्र विक्री हुन्छन् । मूल्य प्रति केजी ३८० देखी ४५० सम्म ।’ शीतगंगा नगरपालिका ४ ठाडाबाट एकै दिनमा १ सय ६६ घर परिवारका २ सय ४८ वटा खसी बोका सहकारी मार्फत जिउदो तौल प्रणलीमा विक्री भएका छन । ७१६२ केजी तौलको खसी बोका विक्रीबाट ३०४८९१० रुपैया बराबरको कारोबार भएको छ । उल्लेखित २४८ मध्ये २३४ वटा बाँके डियु मार्फत काठमाडौ पठाईएको छ भने बाँकी १४ वटा स्थानीय स्तरमै खपत भएको आधारशीला साना किसान कृषि तथा पशु विकास महिला सहकारीकी व्यवस्थापक तारा अधिकारीले जानकारी दिनुभयो । शीतगंगा नगरपालिकामा अधिकांश खसी बोका हचुवामा खरिद विक्री हुने गर्दछन । स्थानीय व्यापारीहरु तौल प्रणालीमार्फत कारोवार गर्न चाहादैनन् किनभने हचुवामा कारोबार गर्दा व्यापारीलाई नाफा बढी हुने गर्दछ । किसान एक्लैले तौल गरी विक्री गर्दा पनि ३५० देखी ४०० रुपैया प्रति केजी मात्र पर्दथ्यो । हेफर ईन्टरनेशनल नेपाल र ईपिसिडिसी अर्घाखाँचीको सहयोगमा शीतगंगा नगरपालिकाका जनप्रतिनीधि, प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधी, व्यापारी, सहकारी र किसानहरुको संयुक्त अन्तरक्रियाबाट खसी बोकाको जिउदो मूल्य निर्धारण गरियो । न्यूनतम प्रति केजी ३८० देखी ४५० सम्म किसानले मूल्य पाउने विषयमा निर्णय भयो । सहकारीका पदाधिकारीले उल्लेखित निर्णयलाई लिएर गाउँ गाउँमा घरदैलो अभियानमा पुगे । विवरण संकलन गरे, सहकारी मार्फत जिउदो तौल प्रणालीमा विक्री गर्दा किसान र व्यापारी दुवै नठगिने र उचित मुल्य प्राप्त गर्ने विषयमा व्यापक प्रचार प्रसार भयो । फलस्वरुप शितगंगाकै ईतिहासमा पहिलो पटक एकै दिनमा २४८ वटा खसी सहकारीमार्फत जिउदो तौल प्रणालीमा विक्री गरियो । नगरको सम्पुर्ण टिम,सहकारी सस्था,हेफर तथा साझेदार सस्था लगायत सबैको ध्यान किसानको पक्षमा रहेकोले आफुहरु निकै उत्साहित बनेको शितगंगा कृषि तथा पशुविकास महिला सहकारी सस्था अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो । शितगंगा नगरपालीका प्रमुख सुर्य अधिकारी,उपप्रमुख टिका रेश्मी,लगायत नगरपालीकाको टिमनै सामुहिक खसीबोका बिक्रिमा लागेपछि नगरका कृषकहरु उत्साहित बनेका छन् ।
साना किसानहरुलाई उत्साहित बनाउदै ब्यवसायिक रुप प्रदानगर्ने उद्घेश्यले शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान बितरण कार्यक्रम अन्र्तरगत सहकारी मार्फत तौलगरी खसिबोका बिक्रि गर्ने करीब साढे तीनसय किसानलाई तीस लाख छैसठ्ठी हजार अनुदान वितरण गरेको छ ।
शितगंगा नगरपालीका खसिबोकाको मासुमा आत्मनिर्भर भई जिल्ला बाहिर निर्यात गर्न थालिसकेको छ ,दशै विशेष कार्यक्रम अन्र्तरगत संघिय राजधानी काठमान्डौमा पाँचसय निर्यात गरीएको र साउन महिना देखी असौज पहिलो हप्ता सम्ममा एघार सय खसीबोका सहकारीमार्फत बिक्रि गरीएको एसएलभिसी टु का परीयोजना संयोजक केशव भुसालले जानकारी गराउनुभयो ।शीतगंगा नगरपालिकामा खसी बोका विक्री गर्ने लहर चलेको छ । शीतगंगा नगरपालिकाको समन्वय र हेफर ईन्टरनेशनल नेपालको सहयोगमानगरपालिकाका १३ वटा वडामा ९ वटा कृषि तथा पशु विकास महिला सहकारी गठन भएका छन । किसानले उत्पादन गरेका कृषि उपज पशु वस्तुको बजारीकरणका लागि सहकारीले अगुवाई गर्दै आएका छन ।
सहकारीले एकैदिनमा वेच्यो ३० लाखको खसीबोका
सहकारीले एकैदिनमा वेच्यो ३० लाखको खसीबोका

Advertisement
तपाईको प्रतिक्रिया