• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ४. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ५. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ६. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ७. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ८. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ९. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • १०. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

सहकारीले एकैदिनमा वेच्यो ३० लाखको खसीबोका


  •   मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
  • नेत्र मरासिनी,अर्घाखाँची। शीतगंगा नगरपालिकाको सहयोगमा निर्मित संकलन केन्द्रमा जम्मा भएका २ सय बढी खसीबोका देखेपछि होटल सञ्चालक आश्चर्य मान्दै भन्छन, ‘शीतगंगामा यति धेरै बाख्रा रैछन? कसरी विक्री गर्ने हो?’ सहकारीकी व्यवस्थापक भन्छिन ‘यो त शुरुवात मात्र हो, अब सबै बाख्रा तौलेर मात्र विक्री हुन्छन् । मूल्य प्रति केजी ३८० देखी ४५० सम्म ।’ शीतगंगा नगरपालिका ४ ठाडाबाट एकै दिनमा १ सय ६६ घर परिवारका २ सय ४८ वटा खसी बोका सहकारी मार्फत जिउदो तौल प्रणलीमा विक्री भएका छन । ७१६२ केजी तौलको खसी बोका विक्रीबाट ३०४८९१० रुपैया बराबरको कारोबार भएको छ । उल्लेखित २४८ मध्ये २३४ वटा बाँके डियु मार्फत काठमाडौ पठाईएको छ भने बाँकी १४ वटा स्थानीय स्तरमै खपत भएको आधारशीला साना किसान कृषि तथा पशु विकास महिला सहकारीकी व्यवस्थापक तारा अधिकारीले जानकारी दिनुभयो । शीतगंगा नगरपालिकामा अधिकांश खसी बोका हचुवामा खरिद विक्री हुने गर्दछन । स्थानीय व्यापारीहरु तौल प्रणालीमार्फत कारोवार गर्न चाहादैनन् किनभने हचुवामा कारोबार गर्दा व्यापारीलाई नाफा बढी हुने गर्दछ । किसान एक्लैले तौल गरी विक्री गर्दा पनि ३५० देखी ४०० रुपैया प्रति केजी मात्र पर्दथ्यो । हेफर ईन्टरनेशनल नेपाल र ईपिसिडिसी अर्घाखाँचीको सहयोगमा शीतगंगा नगरपालिकाका जनप्रतिनीधि, प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधी, व्यापारी, सहकारी र किसानहरुको संयुक्त अन्तरक्रियाबाट खसी बोकाको जिउदो मूल्य निर्धारण गरियो । न्यूनतम प्रति केजी ३८० देखी ४५० सम्म किसानले मूल्य पाउने विषयमा निर्णय भयो । सहकारीका पदाधिकारीले उल्लेखित निर्णयलाई लिएर गाउँ गाउँमा घरदैलो अभियानमा पुगे । विवरण संकलन गरे, सहकारी मार्फत जिउदो तौल प्रणालीमा विक्री गर्दा किसान र व्यापारी दुवै नठगिने र उचित मुल्य प्राप्त गर्ने विषयमा व्यापक प्रचार प्रसार भयो । फलस्वरुप शितगंगाकै ईतिहासमा पहिलो पटक एकै दिनमा २४८ वटा खसी सहकारीमार्फत जिउदो तौल प्रणालीमा विक्री गरियो । नगरको सम्पुर्ण टिम,सहकारी सस्था,हेफर तथा साझेदार सस्था लगायत सबैको ध्यान किसानको पक्षमा रहेकोले आफुहरु निकै उत्साहित बनेको शितगंगा कृषि तथा पशुविकास महिला सहकारी सस्था अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो । शितगंगा नगरपालीका प्रमुख सुर्य अधिकारी,उपप्रमुख टिका रेश्मी,लगायत नगरपालीकाको टिमनै सामुहिक खसीबोका बिक्रिमा लागेपछि नगरका कृषकहरु उत्साहित बनेका छन् ।साना किसानहरुलाई उत्साहित बनाउदै ब्यवसायिक रुप प्रदानगर्ने उद्घेश्यले शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान बितरण कार्यक्रम अन्र्तरगत सहकारी मार्फत तौलगरी खसिबोका बिक्रि गर्ने करीब साढे तीनसय किसानलाई तीस लाख छैसठ्ठी हजार अनुदान वितरण गरेको छ ।
    शितगंगा नगरपालीका खसिबोकाको मासुमा आत्मनिर्भर भई जिल्ला बाहिर निर्यात गर्न थालिसकेको छ ,दशै विशेष कार्यक्रम अन्र्तरगत संघिय राजधानी काठमान्डौमा पाँचसय निर्यात गरीएको र साउन महिना देखी असौज पहिलो हप्ता सम्ममा एघार सय खसीबोका सहकारीमार्फत बिक्रि गरीएको एसएलभिसी टु का परीयोजना संयोजक केशव भुसालले जानकारी गराउनुभयो ।शीतगंगा नगरपालिकामा खसी बोका विक्री गर्ने लहर चलेको छ । शीतगंगा नगरपालिकाको समन्वय र हेफर ईन्टरनेशनल नेपालको सहयोगमानगरपालिकाका १३ वटा वडामा ९ वटा कृषि तथा पशु विकास महिला सहकारी गठन भएका छन । किसानले उत्पादन गरेका कृषि उपज पशु वस्तुको बजारीकरणका लागि सहकारीले अगुवाई गर्दै आएका छन ।

    Advertisement

    मङ्गलबार, असोज १४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत
    अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा
    राप्ती र गढवाले ल्याए ढकियामा बजेट
    देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ४.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ५.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ६.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    भर्खरै

    • १.
      जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै

    • २.
      दाउरा निकाल्ने क्रममा बागमतीमा डुबेर दुई बालकको मृत्यु

    • ३.
      भाइहरूलाई गुमाएको पीडा बोकेका मीनराज पनि दुर्घटनामा अस्ताए

    • ४.
      लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु, २५ लाख बिरुवा रोप्ने लक्ष्य

    • ५.
      धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित २ जना पक्राउ

    • ६.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

    • ७.
      कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो

    • ८.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...