श्रोत नखुलेको १२ लाख सहित दुई जना पक्राउ

बिरगंज । पर्सा प्रहरीले श्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बिर्ता पर्साबाट खटिएको प्रहरी टोलिले स्रोत नखुलेको १२ लाख ४ हजार पाँच सय रुपैयाँ सहित उनिहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगञ्ज १६ का आवाश अलि र अस्ताक आलम रहेको प्रहरीले जनाएको छ ।पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरले बताए अनुसार ना४९प ६८२४ मा सवार बिरगंजका आवाश अलि र ना५७प ३०६ अस्ताक आलमको साथबाट उक्त परिमाणको रकम बरामद भएको हो।हिजो (सोमबार) साँझ ८:३० बजेको समयमा बिरगंजको नारायणी अस्पताल अगाडी सडकमा चेकजाँचको क्रममा श्रोत नखुलेको रकम सहित उनिहरुलाई पक्राउ गरिएको उनले बताए। पक्राउ परेका दुईजना बाबु छोरा हुन्। बर्षौदेखि हुन्डी कारोबारमा संलग्न आवाश अलिले पछिल्लो समय उक्त धन्दामा आफ्नै छोरा अस्ताक आलमलाई समावेश गराएको अनुसन्धानमा खुलेको छ। ‘बर्षमा पाँच करोड रुपैयाँ ओसारपसार गर्ने ठेक्का लिएको अनुसन्धानमा खुलेको छ, यस बिषयमा बिस्तृत अनुसन्धान गर्दैछौं।’ एसपी राठौरले भने।पक्राउ परेका उनीहरुमाथी आवश्यक छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...