दुबईमा सडक दुर्घटना, ६ नेपालीको ज्यान गयो

काठमाडौ। सडक दुर्घटनामा परी युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको ६ जना नेपालीको ज्यान गएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । उनीहरु सबै फर्स्ट सेक्युरिटी ग्रुपको नामको कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको तयहाँस्थित नेपाली दूतावासले जनाएको छ ।उनीहरुको नेपालस्थित ठेगाना खुल्न बाँकी छ। दुर्घटनामा एक भारतीय र एक पाकिस्तिानी नागरिकको पनि ज्यान गएको छ ।स्थानीय समयअनुसार सोमबार बिहान करिब ५ बजेको समयमा उनीहरु सवार बस दुबइस्थित सेख मोहम्मद विन जायद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको थियो ।दुर्घटनामा मृत्यु हुनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद छन् ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...