• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ३. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ४. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ५. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ९. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • १०. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको ‘विचारधारात्मक छलफल’ सम्पन्न, सहभागीहरू उत्साहित


  •   मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
  • काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी (चिकपा)को विदेश विभागद्धारा संयुक्त रुपमा काठमाडाैँमा आयोजित ‘विचारधारात्मक छलफल’ भव्यतापूर्वक सम्पन्न भएको छ । छलफल पश्चात नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले विज्ञप्ति मार्फत चिनियाँ राष्ट्रपति सि जिनपिङ्को नेपाल भ्रमणको अपेक्षा र तयारी चलिरहेको सन्दर्भकाबीच आयोजना गरिएको विचारधारात्मक छलफलले नेपाली समाजमा निकै सकारात्मक र भिन्न प्रभाव परेको बताएका छन । उनले यस ढंगले दुई देशका पार्टीहरुको तहमा संयुक्त रुपमा काठमाडौंमा आयोजित यो नै पहिलो कार्यक्रम भएको र यसको सफल आयोजनाले दुवै पार्टीलाई उत्साहित बनाएको बताएका छन ।

    Advertisement

    उपप्रमुख थापाले जारी गरेको विज्ञप्ति

    प्रेस विज्ञप्ति

    नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको संयुक्त आयोजनामा २०७६ असोज ६ र ७ गते काठमाडौंमा ‘विचारधारात्मक छलफल’ कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । सि जिनपिङ् विचार धाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफलका रुपमा आयोजित उक्त कार्यक्रमको उद्घाटन नेकपाका अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । उद्घाटनको क्रममा उहाँले चीन र नेपालबीच समस्यारहित सम्वन्धरहेको तथ्यमा स्पष्ट गर्नुभयो ।पार्टी स्कुल विभाग प्रमुख उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले आ–आफ्नो महत्वपुर्ण विचार राख्नुभएको थियो ।कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट चारवटा प्रस्तुति रहेको थियो । चिनियाँ केन्द्रीय पार्टी स्कुलका तर्फबाट Cao Li ले– मध्यम स्तरीय सहज समाजको निर्माण सम्पन्न गर्ने, संगठन विभागका तर्फबाट Xu Nan Pengले–पार्टी अनुशासनको सुदृढ कार्यान्वयन सम्वन्धमा, पार्टी स्कुलका तर्फबाट Qin Gang ले–सुधार कार्यलाई व्यापक बनाउने सम्वन्धमा र चिनियाँ नेशनल डेभलपमेन्ट एन्ड रिफर्भ कमिसनका तर्फबाट Shi Yu Long ले–एक क्षेत्र एक सडक योजना निर्माणको संयृुक्त पहल र मानव जातिका लागि सामुदायिक भविष्य निर्माण सम्वन्धमा विचार प्रस्तुत गरिएका थिए । उद्घाटन र समापन सत्रको सञ्चालन तथा विचार प्रस्तुती सत्रको अध्यक्षता नेकपा पार्टी स्कुल विभागका तर्फबाट स्थायी कमिटी सदस्य एवं उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुषालले गर्नुभएको थियो ।उक्त प्रस्तुतिमा सहभागीहरुद्धारा विभिन्न जिज्ञासा राख्दै प्रश्नोत्तर समेत गरिएको थियो । दुई दिवसीय यस कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका करिव ३०० जना र चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट १० जनाको सहभागिता रहेको थियो । यसैबीच नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्धलाई अझ मजबुत आधार प्रदान गर्न संयुक्त सहमति पत्रमा हस्ताक्षर गरिएको छ । नेकपाका विदेश विभाग प्रमुख वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सुन ताओले उक्त सहमतिमा असोज ७ गते हस्ताक्षर गर्नुभएको छ, जसले दुई पार्टीलाई भविष्यमा अझ घनिष्ट र आशंका सहित सम्वन्धमा आवद्ध गर्ने विश्वास गरिएको छ ।कार्यक्रमको समापन सत्रमा अध्यक्षता गर्दै पार्टी स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले विचारधारात्मक छलफल कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको समीक्षा सहित दुवै पार्टीका नेता कार्यकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।नेकपाको कार्यविभाजन पश्चात्त पहिलो आयोजनाको रुपमा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको यो कार्यक्रम शानदार रुपमा सम्पन्न भएको धारणा सहभागीहरुका तर्फबाट भगवती चौधरी, खिमलाल भटराई, रामकुमार शर्मा, रामदीप आचार्य, गोरखबहादुर बोगटी, ऐनबहादुर महर र विचार प्रस्तोताका तर्फबाट चिनियाँ केन्द्रीय पार्टी स्कुलका प्रतिनिधि Cao Li ले व्यक्त गर्नुभयो ।यस विचारधारात्मक छलफल प्रक्रियालाई भविष्यमा पनि विभिन्न रुपमा निरन्तरता दिन कोशिस गरिनेछ । यस कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सबै नेता, कार्यकर्ता र सहभागीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

    सूर्य थापा, उपप्रमुख, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग, नेपाल कम्युनिष्ट पार्टी,

    मङ्गलबार, असोज ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ३.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ४.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ५.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...