काठमाडौं ।नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले विद्यार्थीहरु भनेका राष्ट्र बदल्ने संवाहक भएको बताएका छन। शाहले देशमा लोकतान्त्रिक ब्यबस्था ल्याउन पनि विद्यार्थीहरुको भुमिका उल्लेख्य भएको धारणा राखे। प्रभावशाली युवा एवं बिध्यार्थी नेता शाहले हरेक सन्तानले आफ्ना अभिभावकको पसिनाको प्रतिफल खोज्नुपर्ने बताएका छन। ताराकेश्वर विद्यार्थी समाज काठमाडौले ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा आयोजना गरेको दशै, तिहार, नेपाल संवद तथा छठको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै शाहले गाउँबाट एस ई ई सकाएर राजधानीमा पढ्न आएका विद्यार्थीले आफ्ना आमा बाबाको पसिना र मेहनतलाई खेर जान नदिन पनि आग्रह गरे। शाहले ग्रामिण क्षेत्रबाट राजधानीमा पढन आएका विद्यार्थीहरुले पढाईलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु आग्रह समेत गरे।
देश बदल्ने शक्ति विद्यार्थीहरुमा हुन्छ: पुर्व उपाध्यक्ष शाह
देश बदल्ने शक्ति विद्यार्थीहरुमा हुन्छ: पुर्व उपाध्यक्ष शाह

Advertisement
तपाईको प्रतिक्रिया