सल्यान । नेत्रविक्रम चन्द समूहको ब्यानर छापेको भन्दै प्रहरीले शारदा नगरपालिका१ श्रीनगर बजारका ब्याबसायी केसी डिजिटल आर्टका संचालक हरि केसीलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई आफ्नै पसलबाट पक्राउ गरेको हो ।छत्रेश्वरी गाउँपालिकाको लान्तीमा दुई दिन अघि चन्द समूहका कार्यकर्ताले खैराबाङ्ग भगवती मन्दिर गुठीको छ रोपनी १५ आना जग्गा कब्जा गर्ने क्रममा गाडेका ब्यानर उनले छापेको विषयलाई लिएर पक्राउ गरेको प्रहरीले जनाएको छ ।सरकारले प्रतिबन्ध लगाएको पार्टीलाई सहयोग गर्नु गैरकानुनी भएका कारण केसीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बिरेन्द्रबहादुर शाहीले बताए । केसीको विषयमा थप अनुसन्धान भइरहेको उनले जानकारी गराए ।
Advertisement