सागर थापा/महेन्द्र सिंह,वाँके। भारतबाट भन्सार छली नेपाल भित्राएका करिव ५० हजार बरावरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र वल नेपाल नं ४० गुल्मका सशस्त्र प्रहरी प्रमुख डिएसपी नवराज बोहराको नेतृत्वमा खटिएको गस्ती टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ को हड्डी चोक नजिकैबाट उक्त कपडा बरामद गरेको हो ।
गस्ती टोलीलाई देखेपछि तस्करहरु कपडा बीचबाटोमै छोडेर भागाभाग गरेको गुल्मका सशस्त्र प्रहरी प्रमुख बोहराले जानकारी दिनुभयो । बरामद गरिएको कपडामा लेडिज सुट ५४ थान, लेडिज कुर्ति ५४ थान र थान कपडा १८ रोल अर्थात ४ सय ३२ मिटर रहेको उहाँले बताउनुभयो । बरामद कपडा आजै भन्सार कार्यालय नेपालगञ्जमा बुझाइको छ । उक्त कपडाको मूल्य ५० हजार बराबरको अनुमान गरिएको नेपालगन्ज भन्सारले जनाएको छ।
Advertisement