टु आर क्षेत्री,प्युठान। प्युठान नगरपालिका–२ दाखाक्वाडीको क्वाडी–आरनेटा–बर्जिवाङ–सारी सडकखण्ड अन्र्तगतको ८ किलोमिटर सडक पक्की हुने भएको छ ।जिवराज आश्रित,कृष्णशेन स्मृति लोकमार्ग अन्तर्गत पाल्पाको रामपुरदेखि अर्घाखाचि,प्युठान,रोल्पा हुदै सल्यानको कपुरकोटसम्म जोड्ने लोकमार्ग निमार्णको लागि प्रदेश स्तर आयोजना अन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को लागि विनियोजित भई आएको कुल बजेट २० करोड मध्ये १० करोड उक्त लोकमार्ग अन्तर्गत पर्ने प्युठान जिल्ला प्युठान नगरपालिका वडा नं–२ दाखाक्वाडी स्थित जिरो पोइन्टबाट प्युठान नगरपालिकाले सन्चालन गरेको डिपिआर लाई ८ किलोमीटर पक्की हुनेभएको छ।सडकको बिच भागबाट ५ मिटर दाया र ५ मिटर बाया रहेका घर जग्गाहरु राजमार्गलाई उपलब्ध गराउने गरी मिति २०७६ श्रावण २५ मा प्युठान नगरपालिका वडा–२ को कार्यालयमा प्युठान नगरपालिका मेयर अर्जुन कुमार कक्षपतिको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय सर्वसम्मतले पारित गरेको हो ।कार्यक्रममा सम्बोधन गर्दै मेयर कक्षपतिले प्रदेश स्तरिय कुनै पनि कार्यक्रम अन्र्तगत राजमार्ग कार्यमा मुआब्जाको व्यवस्था नरहेको यदि कुनै पनि व्यक्ति उक्त सडक निमार्ण कार्य अन्तर्गत घरवार विहिन भएमा स्थानिय स्तरबाट नगरपालिकाले निज व्यत्तिलाई घरवासको लागि आवश्यक पहल गरिदिने मेयरले बताउनु भयो ।साथै निमार्ण कार्य छिट्टै सन्चालन गरि समयमै सम्पन्न गरिने जानकारी दिनुभयो
प्युठानमा सडक पीच गर्न प्रदेश सरकारद्धारा १० करोड बिनियोजन
प्युठानमा सडक पीच गर्न प्रदेश सरकारद्धारा १० करोड बिनियोजन

Advertisement
तपाईको प्रतिक्रिया