• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

वीरले ठिक गरेको पिर


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • अनुराग शाह।  साउनको महिना थियो बाबाको पेेेटमा समस्या आएकोले बाबालाई गाउबाट उपचारका लागि वीर अस्पताल लिएर आएका थियौं । इमर्जेन्सीमा भर्ना गर्नुपर्ने थियो । वीरमा भएको प्रभु बैको काउन्टरमा मान्छेहरु आफ्ना बिरामीलाई चेक गराउन लाइनबद्द थिए ।म पनि त्यही लाइनमा बसे । बाको अवस्था झन नाजुक झन नाजुक हुँदै थियो । पालो आउन अझै केही घण्टा लाग्ने पक्का थियो । केही घण्टा पर्खिदा बाको अवस्था खतरामा जान पनि सक्थ्यो । लाइनमा भएकाहरुलाई आफ्नो बिरामीको समस्या यस्तो छ भनेर बताएपछी मलाई टिकट काट्न पालो दिए । तीन हज्जारको एउटा टिकट काटेर बिरामी बालाई हस्पिटलको लिफ्ट चढाएर ग्यास्ट्रोमा पु¥याए ।त्यहा पनि चेक गर्ने लाइन थियो । यहाँ आएका सबैको अवस्था बाकै जस्तो थियो । त्यसैले पालो कुरेर डक्टरलाई देखाए । आँखा हेरेर बा सँग केही भालाकुसारी गरेर डक्टरले हामीलाई इमर्जेन्सीमा जान सुझाब दियो । त्यही सुझाबलाई पालाना गर्दै इमर्जेनीमा गयौं । धेरै पहिला सुनेको थिए वीर हस्पिटलमा बिरामी राख्न बेडको अभाव हुन्छ भनेर । तर हामी जादा केही बेड खाली भएको कारण हामीले त्यो समस्या झेल्न परेन । इमर्जेन्सीमा बाको सबै चेक गरेर अप्रेसन गर्ने कुरा डक्टरहरुले बताए ।अप्रेसन सुन्ना साथ बा अत्तालिए । मलाई पनि अली डर लाग्यो । अझ डक्टरहरु भन्दै थिए कि बहुत ढिलो ल्याउनु भयो बेलुका सम्म जसरी पनि अप्रेसन गर्नै पर्छ । यदी आन्द्रामा धेरै प्वाल रहेछ भने दिशा पेटभरी छरियर संक्रमन भएको भए अप्रेसन असफल हुनसक्छ । डक्टरको अप्रेसन असफल शब्दले मलाई स्तब्ध बनायो । बाको अगाडि रुदा बालाई नै गार्हो हुने हस्पिटलको चौरमा गएर बहुत रोए । १२ बजे इमर्जेन्सीमा राखेको बिरामीलाई ८ बजे अप्रेसन गर्न अर्को रुममा लगियो ।अप्रेसनका लागि जनरल अप्रेसन थियटरको मेल वाडको ३२४ बेडमा बालाई अक्सिजन दिएर राखियो । त्यहा पाँच मिनेट राखेर बेडमा बालाई पुनः अप्रेसन कक्षमा लगियो । अप्रेसन असफल भए हामी जिम्मेवार छैनौ भन्ने सम्झौतामा मलाई दस्ताखत गर्न लगाईयो ।म पहिलो पटक आफ्नै बालाई काट्नलाई अरुलाई अनुमती दिदै थिए । यदी अप्रेसन असफल भएको खन्डमा भोली मेरो आफ्नो मनले मलाई बाको हत्यारा घोषणा गर्न सक्थ्यो ।अप्रेसन थियटर भित्र बा थिए । हामी बाहिर बाको सफल अप्रेसनको प्रतिक्षामा थियौं । फिल्ममा हिरोईनलाई अप्रेसन गर्दा हिरोले बाहिर प्रतिक्षा गरेको देखेको थिए । त्यही क्रममा कती हिरोईनको अप्रेसन सफल भएर हिरो खुशी भएको देखेको थिए भने कती हिरोईनको अप्रेसन असफल भएर लास देखेर हिरो बेहोस् भएको पनि देखेको थिए । आज आफुलाई पनि त्यही फिल्मको पात्र बनाई रहेको थिए मैले । त्यो मानब निर्मित अभिनय थियो भने यो परिस्थिती सिर्जित अभिनय थियो ।त्यसमा निदाएकाहरु ब्युझिन्छन भने यस्मा निदाएका हरु कहिल्यै ब्युझिदैनन् । ९ बजे सुरु भएको अप्रेसन १२ बजे सकियो । यो तीन घण्टाको अबधिमा मैले बुझ्ने भएदेखी आजसम्म सबै भन्दा कम्जोर अनुभव गरेको समय थियो । मधेशी मुलको एकजना डक्टरले अप्रेसन थियटरको ढोका खोलेर बाको नाम लिदै अप्रेसन सफल भएको छ भनेर भन्यो । त्यो खबरले पुन मलाई फेरी शक्तिशाली बनायो । अनुहारमा चमक आयो ।अप्रेसन सकिएपछी बालाई होस् नखुलुन्जेल सम्म अप्रेसन वाडमा अक्सिजन दिएर राखियो । बाको भन्दा पछी अप्रेसन गरेका सबैको होस आईसकेको थियो । बा भने अझै पनि होस् गुमाएर बेड्मा मृत्यु सँग लडिरहेका थिए । आफन्त सबैलाई सोधे ’अप्रेसन गरेको कती घण्टामा होस् आउछ ? भनेर सबैको जवाफ थियो १–२ घण्टामा आइसक्छ । यो जवाफले फेरी मलाई दुखी बनायो । अप्रेसन वाडको बाहिर भुईमा हामी बाको होसको प्रतिक्षामा बसिरहेका थियौ । अप्रेसन गरेको १६ घण्टा पछी बाको शरीरमा होस् आयो, हाम्रो प्रतिक्षा समाप्त भएर हाम्रो मुहार पनि खुशी आयो ।बालाई त्यही अप्रेसन वाडमा ३ दिन राखियो । त्यो तीन रात हामीले त्यही वाडको भुईमा म्याट्रेस बिछ्याएर रात काट्यौ । बिरामीको नामा भन्दा बेड नम्बर कण्ठ गर्नुपर्ने । यती नम्बरको कुरुवा को हो? यस्तो गर्नुपर्यो । उस्तो गर्नुपर्यो भनेर सेताकोट धारी महिलाहरुले वाडको ढोकाबाट कराउथ्ये हामी पनी त्यही मुताबिक काम गर्थौ ।तीन दिन पछी बालाई अप्रेसन वाडबाट हुइल्चियरमा राखेर अप्रेसन गर्नुभन्दा अगाडि राखिएको रुममा लिईयो । जनर्लवाडमा लगेपछी बाका साथी मेरा साथी शुभचिन्तककोहरुको भेटघाट चल्यो सँगै बालाई सामान्य बनाउन उपचार पनि चल्यो । एक हप्ता त्यही वाडमा राखेपछी बाको स्वास्थ्यमा क्रमिक सुधार भयो । बा बिरामी हुनु भन्दा अगाडि सरकारी हस्पिटल प्रती बिकास भएको नकारात्मक धारणामा पनि परिवर्तन आयो । यसरी हाम्रो पिरलाई ठीक गर्यो वीरले ।

    Advertisement

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    भर्खरै

    • १.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • २.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ३.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ४.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ५.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ६.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ७.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ८.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation