सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुका महाराजगंज नगरपालिकाले विपन्न र गरिब परिवारलाई जस्तापाता वितरण गरेको छ । खरको छानो मुक्त गर्ने अभियान अन्तर्गत नगरपालिकाले जस्तापाता वितरण गरेको हो । नगरपालिकाले ११ वटै वडामा रहेका १ सय ५० भूमीहीन गरिक परिवारलाई जस्ता पाता वितरण गरेको छ ।नगरपालिकाका मेयर अब्दुल कलाम, उपमेयर शुभावती कुर्मी र वडाअध्यक्ष, कर्मचारी सहितको टोलिले जस्ता पाता वितरण गरेको हो । जस्तापाता वितरण पछि महाराजगंजका प्रशासन शाखा प्रमुख अंशु वर्माले शहरका गरीब समुदायहरुलाई परिवर्तन ल्याउन र उनीहरुको खुशी फर्काउन जस्ता पाता वितरण गरिएको बताउनु भयो । उहाका अनुसार नगरपालिाकाका ११ वटा वडाका १ सय ५० घरधुरीलाई जस्ता पाता वितरण गरिएको हो । गत आर्थिक बर्षमा १ सय ५० घरधुरीलाई जस्तापाता वितरण गर्ने कार्य अनुसार प्रदेश सरकार र नगरपालिकाले ८५ लाख रुपैयांँ बजेट छुट्याएर काम गरिएको बताइएको छ । प्रत्येक घरधुरीलाई ८ वटा जस्ता पाता, ९ वाट पाइप वितरण गरिएको वडा नं १ का वडा अध्यक्ष शिव प्रसाद बनियाले बताउनु भयो । यहाले आफुहरुले चुनावको समयमा गरेको वाचा पुरा गर्न यो अभियान सञ्चालन गरेका छौ । खरमुक्त बनाउने अभियानले नागरिकलाई राहत पुगेको छ । जस्तापाता लिएपछि वडा नम्बर १ की स्थानिय सुमित्रा सुनारले आफूलाई अत्यन्त खुशी भएको प्रतिक्रिया दिइन । ‘पानीले छानो सबै भत्काएर हिजोदेखि खाना बनाउन पाएको थिइन, अब मलाई ढुक्क भयो । उने भनीन अब गरिबलाई पनी रातह भएको छ ।त्यस्तै वडा नम्बर ४ का गिता कलवारले आफूले जस्ता पाता पाएपछि खुशीको सीमा नभएको बताउंँनु भयो । खाना बनाउंँदा छाता ओढेर पकाउनु पथ्र्यो अब हामीलाई ठुलो राहत भयो ।’ ज्याला मजदुरी गरेर परिवार लालनपोषण गर्नुपरेकोले छाना फेर्न नसकेको दुख भएको सयममा नगरपालिकाले छानो दिएकोमो खुशी व्यक्त गर्नुभयो ।महाराजगंज नगरपालिकाले जस्तापाता वितरण, शौचालय निर्माणका लागि प्रत्येक घर परिवारलाई रु १५ सय प्रदान गरेको थियो ।
त्यस्तै यसअघि नगरपालिकाले जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा एवं प्रत्येक किसानलाई सिचाई सुविधा, किचड मुक्त नगर घोषण कार्यक्रम लागु गरिसकेको छ । स्थानिय तहको निर्वाचन भएपछी नगरपालिकाले गरेको जनमुखी कार्य प्रती सबैले प्रशांस गरेका छन । महाराजगंज नगरपालिका जन निर्वाचत प्रतिनिधीहरुले स्थानिय तहको निर्वाचनमा गरेको वाचा पुरा गरी नगर तथा वडालाई समृद्ध बनाउने कार्य गरेको पाइन्छ ।
टल्किदै गरिवका छाना,नगरपालिकाले दियो जस्तापाता
टल्किदै गरिवका छाना,नगरपालिकाले दियो जस्तापाता

Advertisement
तपाईको प्रतिक्रिया