राघबेन्द्र चौबे (पकडी )कपिलबस्तु। जिल्लाको मायादेवी गाउँपालिका वडा नम्वर चार चाकरचौंडा बसपार्क बजार क्षेत्र डुबानमा परेको छ ।हालका वर्षमा बढ्दो अव्यवस्थित बसोबास तथा ढल निकासको उचित व्यवस्थापन हुन नसक्दा बजार क्षेत्र सामान्य झरीमा पनि डुबानमा परी जलमग्न भएको छ ।सडकहरू पानीले भरिएर आवतजावत गर्न समेत निकै समस्या पर्ने परेको ।बजारक्षेत्रमा ढल निकासको उचित व्यवस्था नहुँदा समस्या भएको स्थानीय नेता जयप्रकाश तिवारीको(डब्लु)भनाई छ ।फोरमको युवा नेता अस्फाक अहमद खानले बजार क्षेत्रको ढल निकास तथा नाली व्यवस्थापनमा अहिले सम्मा कसैले ध्यान दिन सकेको छैन । कांग्रेस युवा नेता परमेश्वर पाठकले गाउँपालिका व्यवस्थापन त परै जाओस् ढल निकास समेत निर्माण गर्न सकेको छैन। ढल निकास बनाएर त्यो नजिकका खोलानालामा फालिनुपर्दछ । तब मात्र यहाँ डुबानको समस्या कम हुन्छ । होटल व्यपारी राजेन्दले सामान्य पानी पर्दा पनि बजार क्षेत्रका सडक भरिन्छन् ।एक हप्ता देखी डुबानले गर्दा होटल बन्द छ ।
यहाँ हिँडडुल गर्न सकिँदैन ।वडा अध्क्षय फतेहमोहम्मद मुसलमानले हालका वर्षमा बजार आसपासका नालाहरू मिचेर घर निर्माण गर्ने प्रवृत्तिले पनि बजार क्षेत्र डुबानको समस्या खेप्दै आएको छ ।नालाहरू मिचेर घर बनाएपछि त्यहाँको पानी त बजारमै आउँछ । तर बजार क्षेत्रमा ढल निकासको उचित व्यवस्थापन अब छिट्टै हुन्छ ।
ढल निकास नहुँदा चाकरचौंडा जलमग्न
ढल निकास नहुँदा चाकरचौंडा जलमग्न

Advertisement
तपाईको प्रतिक्रिया