बुटवल । बुटवलमा कपडा बैंक सन्चालनमा आएको छ । गोर्खाली युवा सशक्तीकरण सँस्थाले बुटवलको नयाँ बसपार्कमा कपडा बैक सन्चालनमा ल्याएको हो ।“तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात” भन्ने मुल कुरालाई आत्मसात गर्दै बुटवलमा पनि कपडा बैंक खोलिएको सँस्थाले जानकारी दिएको छ ।समाजमा रहेका आबस्यकता तथा निम्न बर्गका नागरिकहरुलाइ केही सम्म भए पनि सहयोग को महशुस र न्यानो इश्पर्स ल्याउने छ भन्ने उदेश्यले विहीबार विभिन्न सामाजिक ब्याक्तीत्व जनप्रतिनिधि सरसफाइ अभियान्ताहरुको उपस्थितमा यसको सुरवात गरिएको संयोजक अर्जुन खनालले जानकारी दिएका छन् ।सँस्थाको अध्यक्ष भरत पुरिले यस कार्यमा सहयोग पुर्याउने सम्पूर्ण संघ सस्था र सहयोगीहरुलाई धन्यवाद दिए ।कपडा बैंकमा पैसामा कारोबार हुँदैन, लेनदेन सित्तैमा हुन्छ । धेरै मान्छे छन् जसले एउटै लुगा वर्षौंसम्म लगाउने गर्दैनन्। नच्यातिएका र लगाउन मिल्ने लुगा पनि अलि पुरानो भएपछि फोहोरमा लगेर फालिरहेका हुन्छन्।कतिलाई त पुराना कपडा व्यवस्थापन गर्न तनाव पनि भइरहेको हुन्छ । युवाहरूको यो अवधारणाले लाउन नपाएकाले कपडा पाउने र व्यवस्थापन गर्न चाहनेले तनाव लिनुनपर्ने भएको छ। बुटवलमा पनि कपडा बैंक खोलिएको काम देखेपछि बाटोमा हिँड्नेहरू दंग मानेर प्रशंसा गरिरहेका छन् ।तपाईं पनि आफुले प्रयोग नगर्ने लुगाहरु कपडा बैंकलाई दान गर्न चहानुहुन्छ भने तल उल्लेखित नम्बरहरुमा संपर्क गर्न सक्नुहुनेछ:
भरत पुरी: 9851237873
भरत जंग छेत्री: 9811493808
केशब खनाल: 9867154472