टेकबहादुर पुन, देउखुरी । दाङ्को लमही नगरपालिकाले गत अार्थिक बर्ष २०७५/७६ मा कुल बिनियोजित बजेटको ७३.२३ प्रतिशत खर्च प्रगती रहेको जानकारी दिएको छ । कुल चालू रकम ४२ करोड, २ लाख, ६६ हजार, ३ सय ६० रुपैया बाट ३० करोड, ९९ लाख, ८० हजार, ६ सय, ३७ रुपैया खर्च भएको छ । जुन खर्च कुल बिनियोजित बजेटको ७३.७६ प्रतिशत हो । लमही नगरपालिकाले चालू रकमको २६.२४ प्रतिशत अर्थात ११ करोड, २ लाख, ८५ हजार, ७ सय २३ रुपैया खर्च गर्न सकेन । त्यस्तै पुँजिगत तर्फ कुल बिनियोजित २९ करोड, ४ लाख, ९५ हजार, ८ सय रुपैया बाट २१ करोड, ५ लाख, ४४ हजार, ७ सय रुपैया खर्च भएको छ । पुँजिगत तर्फको जुन खर्च ७२.४८ प्रतिशत हो । लमही नगरले पुँजिगत तर्फपनि २७.५२ प्रतिशत अर्थात ७ करोड, ९९ लाख, ५१ हजार, एकसय रुपैया खर्च बाँकि रहेको हो ।कार्यालय सँचालन, सँस्थागत बिकाश, वातावरण तथा बिपद् ब्यबस्थापन, पुर्बाधार बिकाश, अार्थिक बिकाश, सामाजिक बिकाश लगायतका क्षत्रमा काम सम्पन्न गरिएको नगरपालिकाको बार्षिक प्रगती प्रतिबेदनमा उल्लेख गरिएको छ । वडा तर्फ वडा नम्बर ४ ले बढि खर्च गर्न सफल भएको छ भने वडा नम्बर ५ सबैभन्दा कम खर्च गर्ने वडामा परेको छ । वडा नम्बर ४ ले कुल बजेट २ करोड, १ लाख, ५० हजार बाट ९७.६५ प्रतिशत रकम खर्च गर्न सफल भएको छ । त्यस्तै वडा नम्बर ५ ले अाफ्नो कुल बजेट १ करोड, ८४ लाख, ५० हजार बाट जम्मा ६२.१३ प्रतिशत रकम खर्च गर्न सक्यो । वडा नम्बर ५ को ६९ लाख, ८७ हजार, ६ सय ९८ रुपैया खर्च बाँकि रहेको छ ।गत अार्थिक बर्षमा लमही नगरपालिकाले पुर्बाधार बिकाश तर्फ ३ सय ९५ मिटर सडक कालोपत्रे गरेर प्रमुख उपलब्धी काम गरिएको जनाएको छ । त्यस्तै बाटो ग्राभेल १७.८५ किलोमिटर, ११ वटा कल्भर्ट, १ वटा पुल, ५ किलोमिटर नयाँ बाटो ट्रयाक खोल्ने कार्य गरेको अाईतबार पत्रकार सम्मेलन गरि जानकारी दिईएको हो ।लमही नगरपालिकाले गत अार्थिक बर्षमा लक्ष्य अनुसारको अाय सँकलन गर्न सफल भएको बताएको छ । विभिन्न शिर्षकमा गरि करिब १० करोड रुपैया राजस्व उठाउने लक्ष्य लिएको लमही नगरपालिकाले ९ करोड, ८३ लाख, ११ हजार, ४ सय १८ रुपैया उठाउन सफल भएको हो । त्यस्तै नगरपालिकाको युवा तथा खेलकुद शाखाले गत अार्थिक बर्षमा शसर्त बजेट तर्फ ९८ प्रतिशत खर्च गर्न सफल भएको जनाएको छ । शाखाले ४ कोठे बिद्यालय भवन निर्माण, बिपन्न बिद्यार्थीलाई स्टेशनरी, पोशाक र ब्याग बितरण, नगरका ९ वटा सामुदायिक बिद्यालयमा बिद्युतिय हाजिरि मेसिन जडान गरिएको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
त्यस्तै नगरका ३ वटा बिद्यालयमा स्मार्ट बोर्डको ब्यबस्था, पढाइ मेला तथा शैक्षिक सामाग्रीको प्रदर्शनी, एक बिद्यालय मर्ज लगायतका महत्वपुर्ण काम सम्पन्न गरेको छ । लमही नगरपालिकाको कृषि शाखाले नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बीउ बितरण गरिएको जनाएको छ । कृषि तर्फ अाकर्षण बढाउन कृषकका लागि विभिन्न सिपमुलक तथा अाय मुलक तालिमहरु सँचालन गरेको जनाएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा पत्रकार सम्मेलन गरि बार्षिक प्रगति प्रतिबेदनको जानकारी दिईएको हो । भने सम्मेलनको सहजिकरण नगरपालिकाका प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गरेका थिए ।
लमही नगरपालिकाको करिब ११ करोड खर्च बाँकि
लमही नगरपालिकाको करिब ११ करोड खर्च बाँकि

Advertisement
तपाईको प्रतिक्रिया