काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई साँखुमा नेपाल विद्यार्थी संघ निकट स्ववियु परिषदका अध्यक्ष निराजन नेपाल र कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्यको नेतृत्वको समुहमा आएका एक दर्जन नेताहरुले कालो झन्डा देखाएका हुन। सोमबार दिउँसो साँखुको सुविधायुक्त मालपोत कार्यालय घोषणा कार्यक्रममा सहभागी हुन आएकी मन्त्री अर्याललाई संस्कृति माथि धावा बोल्न खोजेको भन्दै कालो झन्डा देखाइएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहले जानकारी दिए। कालो झन्डा देखाउने संकेत पाउनासाथ प्रशासनले कडाइ गरेका कारण मालपोत कार्यालयमा भएको कार्यक्रममा पुग्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले खानतलासीपछि मात्रै प्रवेश गर्न दिइएको थियो। कालो झन्डा देखाउने क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लखेटेका थिए।
Advertisement