• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

सन्तानका असल साथी अभिभावक


  •   सोमबार, साउन १३, २०७६ मा प्रकाशित
  • जीवन न्यौपाने। ध्यान दिनुपर्ने कुरा के हो भने, अहिलेका टिनएजरहरुका अभिभावकहरु टिनएजर हुँदा र अहिले उनीहरुका सन्तान टिनएजर हुँदाको समाज अर्कै छ । हामीले त्यो बेलामा जे जति देखेका थियौं, अहिलेकाहरुले त्यो भन्दा बढी र फरक संसार देखेका छन् । हामी यदि आफ्नो समय अनुसार उनीहरुलाई नियन्त्रण वा निर्देशन गर्न खोज्छौं भने आफैले आफूलाई मूर्ख बनाइरहेका हुनेछौं ।सबै अभिभावकहरुलाई एउटा प्रश्न, तपाईका छोराछोरीका असल साथी को हुन् ? तपाईहरु सबैको दिमागमा केही नाम आए होलान् । ती नामहरुमध्ये तपाईंको आफ्नो नाम आयो कि आएन ? आएन भने तपाईंले एकपटक गम्भीर भएर सोच्नु पर्छ ।परिवर्तनशील निर्विवाद र अकाट्य सत्य हो । नदेखिने गरी, थाहा नपाउने र सुस्त गतिमा सबै कुराहरु परिवर्तन भैरहन्छ । प्रकृति मात्र नभै समाज, राजनीति, मानसकिता, सोच, विचार, प्रविधि लगायत हाम्रा वरिपरिका सबै कुराहरु परिवर्तित भैरहेका हुन्छन् । श्रृष्टिको सुरुवात देखि अन्त्यसम्म चलिरहने परिवर्तनका हरेक क्रमलाई हामीले कतिसम्म आत्मसात गर्न सक्छौं, देख्न सक्छौं वा सक्दैनौं अनि त्यस अनुसार आफूलाई पनि परिवर्तन गर्दै जान सक्छौं कि सक्दैनौं भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ । अपल्पनीय रुपमा हुने प्राकृतिक प्रकोप बाहेक अन्य सबै परिवर्तनका निश्चित संकेतहरु हुन्छन्, निश्चित गति हुन्छ । तर, परिवर्तन सँधै सकारात्मक वा राम्रैका लागि हुन्छ भन्ने जरुरी पनि त छैन नि ।हामी मध्ये केही आउँदा दिनहरुमा हुन सक्ने परिवर्तनलाई समय भन्दा पहिले नै हाँक्न सक्ने पनि हुन्छौं । त्यस्ता मानिसहरु त्यो परिवर्तनका कारण आफूलाई पर्न सक्ने प्रभावहरुका लागि समयभन्दा पहिले नै तयार पार्दछन् । केही मानिसहरु त्यो परिवर्तन भैसकेपछि मात्र त्यसलाई बुझ्ने हुन्छन् । ती मानिसहरु परिवर्तनका प्रभाव आफूलाई परिसकेपछि मात्र के गर्ने भन्ने सोच्न थाल्छन् । अन्त्यमा, एक थरि मानिस यस्ता हुन्छन्, जसले चिन्नै सक्दैनन्, थाहा नै पाउँदैनन् । त्यस्ता मानिसहरु ईतिहास मै वर्तमान बाँचिरहेका हुन्छन् । आफ्नो अनुभवलाई नै सर्वोपरि मानेर हिंडिरहेका हुन्छन् । अनुभव आफ्नो ठाउँमा महत्वपूर्ण होला, तर त्यो नै मात्र सबै कुरा हैन । परिवर्तित समाज र संसारका लागि २० वर्ष पुराना अनुभवको कुनै अर्थ वा औचित्य नहुन सक्छ । झन् अहिलेको द्रुत विकासको युगमा त त्यो भन्दा छिटो कुराहरु अर्थहीन हुन सक्छन् । तर पनि बेलाबेला हामी यो परिवर्तनको प्रभावलाई नबुझेर वा बूझ पचाएर आफैलाई छलिरहेका हुन्छौं यो अज्ञानताले कालान्तरमा आफैलाई पछार्छ यदि परिवर्तनलाई नबुझ्ने हो भने ।अरु थुप्रै प्रसंगका कुराहरु नगरी आज भन्न खोजिएको कुरा सम्बन्धका विषयहरु हुन् । सम्बन्धहरु मध्ये पनि अझ खास गरेर बाबुआमा र सन्तानका सम्बन्धका कुराहरु । सन्तानहरु मध्ये पनि अझ बढी टिनएजर सन्तान र बाबुआमाका कुराहरु । अनि टिनएजर सन्तानमा पनि अझ बढी टिनएजर छोरीमान्छे र बाबुआमाका सम्बन्धका कुराहरु । टिनएज बाल्यकाल र वयस्ककालको बिचको समय हो । यो उमेरमा प्राकृतिक, शारीरिक र मानसिक रुपमा एउटा यस्तो चरणमा हुन्छन् मानिस जहाँ धेरै प्रश्नहरु हुन्छन्, धेरै भ्रमहरु हुन्छन् । न बालक, न बयस्क हुने बेलामा मानिसलाई आफूले सबै कुरा थाहा पाइसकेको, आफू परिपक्व भैसकेको र आफ्नो जीवनको बारे सम्पूर्ण निर्णय लिन सक्ने क्षमता आफूमा भैसकेको भान हुन्छ । सत्य त्यसको ठीक विपरित हुन्छ । त्यसैले मानिसले आफ्नो जीवनको अधिकांश गलत निर्णयहरु उमेरको यही चरणमा गर्छ । उसका ती निर्णयहरु कुनै सुधार्नै नसक्ने हुन्छन् । सुधार्न सकिने गलत निर्णयहरुले पनि यस्ता घाउहरु बनाइदिन्छन्, जसको खत आजीवन नमेटिने हुन्छ ।मान्छेको जीवन कम्प्यूटरमा टाइप गरिएको फाइल कहाँ हुन्छ र ? मन नलागेको कुरालाई सम्पादन गर्ने वा डिलिट हान्ने प्रविधिको विकास कुनै दिन भएछ भने त अर्कै कुरा हो तर हाम्रो जीवनमा घटेका कुराहरु अमिट हुन्छन्, अकाट्य हुन्छन् ।हामीलाई आफू त्यो उमेरमा हुँदा त्यही नै लाग्थ्यो । अहिले हामी टिनएजर सन्तानका आभिभावक भएका छौं, हाम्रा सन्तानहरु त्यही मानसिकतामा छन् भन्ने कुरा हामीले बिर्सन हुँदैन । ध्यान दिनुपर्ने कुरा के हो भने, अहिलेका टिनएजरहरुका अभिभावकहरु टिनएजर हुँदा र अहिले उनीहरुका सन्तान टिनएजर हुँदाको समाज अर्कै छ । हामीले त्यो बेलामा जे जति देखेका थियौं, अहिलेकाहरुले त्यो भन्दा बढी र फरक संसार देखेका छन् । हामी यदि आफ्नो समय अनुसार उनीहरुलाई नियन्त्रण वा निर्देशन गर्न खोज्छौं भने आफैले आफूलाई मूर्ख बनाइरहेका हुनेछौं ।आजको समयको आवश्यकता भनेको आफ्ना छोराछोरीलाई आफ्नो सबैभन्दा मिल्ने साथी बनाउन सक्नु हो । उनीहरुले आएर कुनै पनि कुरा सबैभन्दा तपाईहामीसंग गर्न सकून् । हामी आफ्ना बाबुआमालाई आदर गथ्र्यौं तर त्यो आदर डरले जन्माएको आदर हुन्थ्यो । आज हामीले आफ्ना सन्तानहरुबाट त्यही डरको आदर खौज्यौं भने त्यो हाम्रो मूर्खता हुनेछ । अहिलेको यो असुरक्षित समाजमा यदि उनीहरुले आफ्नो कुनै पनि समस्याको समाधान साथीभाइ, ब्वाइफ्रेण्ड वा गर्लफ्रेण्डबाट खोज्नु पर्ने अवस्था आयो भने अभिभावकको रुपमा हामी चुक्यौं भन्ने बुझे हुन्छ । त्यसको परिणाम भयावह हुन सक्छ । त्यसैले आजका अभिभावकहरुको पहिलो प्राथमिकता भनेको आफ्ना सन्तानहरुको असल साथी बन्न सक्नु हो ।

    Advertisement

    सोमबार, साउन १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation