• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • २. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ३. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ४. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ५. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ६. अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  • ७. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ८. संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

  • ९. न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

  • १०. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

हज यात्रा सहज बन्दा तिर्थालुहरु खुसी


  •   बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। विवादमुक्त बन्न नसकेको नेपाल हज कमिटिको यस वर्षको हज व्यवस्थापनको भने चौतर्फी प्रंशसा भएको छ । सम्शेर मिँया नेतृत्वको हज कमिटिले यस वर्ष नेपालबाट साउदी अरब स्थित मक्कामा (पवित्र तिर्थस्थल) हज (तिर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीहरुको हज यात्राको समग्र व्यवस्थापन गर्दैछ । विदेशमा तिर्थालुहरुको खाना, खाजा, बास तथा तिर्थ गराउने कार्यमा उत्कृष्ठ व्यवस्थापन गरेको भन्दै हाजी हज्जीनहरुले हज कमिटिको सेवाप्रवाह प्रति खुसी व्यक्त गरेका छन् ।नेपालबाट हरेक वर्ष नेपाली मुस्लिम सुमदाय तिर्थ गर्न साउदी अरब पुग्ने गर्दछन् । विगतका वर्षहरुमा १ हजार २ सय जनाको कोटा रहेकोमा यस वर्ष हज कमिटिको सकृय पहलमा थप ३ सय कोटा बृद्धि गरिएको नेपाल हज कमिटिका अध्यक्ष सम्शेर मियाँले बताए । “तिर्थालुहरुलाई उत्कृष्ठ सेवा दिनु हज कमिटिको मुख्य लक्ष्य हो ।” अध्यक्ष मिँयाले भने, “पटक–पटक विवादमा आईरहने यस पवित्र संस्थालाई विवादरहित तथा सम्मानित संस्था बनाउने महान अभियानमा छौँ ।ं”नेपाली मुस्लिम समुदायभित्र हज कमिटिको नेतृत्व लिनलाई एक आपसमा तिब्र प्रतिस्पर्धा एंव प्रतिष्ठाको लडाईको रुपमा लिईने गरिन्छ । हज कमिटिको गठन प्रारम्भ भए देखिनै आर्थिक अनियमितता, विभिन्न विवाद तथा आलोचनाहरु खेप्दै नआएको होईन । यस वर्ष सम्शेर नेतृत्वको नेपाल हज कमिटिले सुखद हज यात्रा एंव प्रभावकारी व्यवस्थापनलाई मुख्य लक्ष्य ठानेको बताएको छ ।हज कमिटिले पवित्र मन, बचन र कर्मले सेवाप्रवाह गरेको अर्घाखाँचीबाट हज गर्न गएका कुट्मदिन मियाँले बताए । “तारिफ योग्य व्यवस्थापन छ ।” मियाँले भने, “हामीलाई अहिलेसम्म कुनै पनि गुनासो छैन् । आशा छ हाम्रो दुवाले सुखी नेपाल समृद्ध नेपालीको महान अभियानलाई साकार पार्न महत्वपूर्ण भुमिका खेल्ने छ ।” हज कमिटि २४ सै घण्टा हाजी तथा हज्जीनहरुको सेवामा खटिरहेको कपिलबस्तुबाट धार्मिक यात्रामा मक्का पुगेका अल्ताफ हुसेनले बताए । “खाना, नास्ता र बासको प्रबन्ध सुविधायुक्त छ ।” हुसेनले भने, “अध्यक्ष सम्शेर काम गराई र खटाईका हिसाबले सबैको मनमा बास बस्नुभएको छ ।” कार्यविधि फितलो छ
    बिचौलियाको अन्त्य गरिने छ ः हज कमिटि अध्यक्ष –मियाँ

    Advertisement

    हज समितिको कार्यविधि फितलो भएको नेपाल हज कमिटिका अध्यक्ष सम्शेर मियाँले बताएका छन् । अधिकार सम्पन्न कार्यविधि बनाउन लागि पर्ने अध्यक्ष मिँयाको भनाई छ । “हवाई टिकटको नाममा एयरलाईन्स र ट्राभल्सको सेण्डिकेट तोड्न जरुरी छ ।” अध्यक्ष मियाँले भने, “यसरी हाजी तथा हज्जीनहरुको रकममा धेरै बचत हुन सक्थ्यो ।”
    मक्कामा हाजीहरुको आवास व्यवस्थापनमा बिल्डिङ्ग दलालहरुको संजाल तोड्न पनि कमिटि लागि पर्ने अध्यक्ष मियाँ बताउँछन् । यसपाली कुरबानीको (बलि चढाउने) नाममा बिचौलीयाहरुबाट बच्न तिर्थालुहरुलाई सजक गराईएको छ । “बैङ्कमा रकम जम्मा गरि कुर्वानी गर्न आग्रह गरेका छौँ ।” अध्यक्ष मियाँले भने, “आफ्नै आँखा अगाडी कुर्वानी गर्ने लगाउने योजनामा छौँ ।” विगतकका वर्षहरुमा सोझा–साझा हाजीहरु ठगिएको गुनासो आएसंगै यो नयाँ प्रणाली लागु गरिएको अध्यक्ष मियाँको भनाई छ ।
    राज्यले आवस्यक बजेट दिएन
    नेपाल सरकारले हज कमिटिलाई न्यून बजेट दिँदा प्रभावकारी व्यवस्थापनमा चुनौती थपिएको हज कमिटिले बताएको छ । वार्षिक १ करोड २० लाख बजेटले हज यात्रा देखि, कर्मचारी तथा कार्यालय व्यवस्थापन गर्नमा ठूलो समस्या भएको अध्यक्ष सम्शेर मियाँले बताए । “हामीलाई हेर्ने राज्यको दृष्टिकोण विभेदपूर्ण छ ।” अध्यक्ष मिँयाले भने, “यो बजेटको झण्डै ३ गुणा बढी बजेट आवस्यक पर्दछ ।” पिडित समुदाय प्रति राज्य सदैव सम्वेदनशिल हुनुपर्ने उनि बताउँछन् । यस पटकको हज यात्रामा नेपाली स्वादको खाना समेत व्यवस्था गरिएको छ । मक्कामा हाजी तथा हज्जीनहरुले नेपालमा दिगो शान्ती तथा समृद्धिका लागि दुवा समेत (प्रार्थना) गर्ने अध्यक्ष मियाँले विश्वास लिएका छन् ।

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य
    न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य
    लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने
    युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य
    वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड
    मृत अवस्थामा शव फेला परे

    लोकप्रिय

    • १.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • २.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ३.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ४.
      दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली

    • ५.
      गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५

    • ६.
      अवैध लागूऔषधसहित पाँच जना पक्राउ

    भर्खरै

    • १.
      प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

    • २.
      २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

    • ३.
      न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

    • ४.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • ५.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ६.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ७.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ८.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation