• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

हज यात्रा सहज बन्दा तिर्थालुहरु खुसी


  •   बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान। विवादमुक्त बन्न नसकेको नेपाल हज कमिटिको यस वर्षको हज व्यवस्थापनको भने चौतर्फी प्रंशसा भएको छ । सम्शेर मिँया नेतृत्वको हज कमिटिले यस वर्ष नेपालबाट साउदी अरब स्थित मक्कामा (पवित्र तिर्थस्थल) हज (तिर्थ) गर्न जाने नेपाली मुस्लिम धर्मावलम्बीहरुको हज यात्राको समग्र व्यवस्थापन गर्दैछ । विदेशमा तिर्थालुहरुको खाना, खाजा, बास तथा तिर्थ गराउने कार्यमा उत्कृष्ठ व्यवस्थापन गरेको भन्दै हाजी हज्जीनहरुले हज कमिटिको सेवाप्रवाह प्रति खुसी व्यक्त गरेका छन् ।नेपालबाट हरेक वर्ष नेपाली मुस्लिम सुमदाय तिर्थ गर्न साउदी अरब पुग्ने गर्दछन् । विगतका वर्षहरुमा १ हजार २ सय जनाको कोटा रहेकोमा यस वर्ष हज कमिटिको सकृय पहलमा थप ३ सय कोटा बृद्धि गरिएको नेपाल हज कमिटिका अध्यक्ष सम्शेर मियाँले बताए । “तिर्थालुहरुलाई उत्कृष्ठ सेवा दिनु हज कमिटिको मुख्य लक्ष्य हो ।” अध्यक्ष मिँयाले भने, “पटक–पटक विवादमा आईरहने यस पवित्र संस्थालाई विवादरहित तथा सम्मानित संस्था बनाउने महान अभियानमा छौँ ।ं”नेपाली मुस्लिम समुदायभित्र हज कमिटिको नेतृत्व लिनलाई एक आपसमा तिब्र प्रतिस्पर्धा एंव प्रतिष्ठाको लडाईको रुपमा लिईने गरिन्छ । हज कमिटिको गठन प्रारम्भ भए देखिनै आर्थिक अनियमितता, विभिन्न विवाद तथा आलोचनाहरु खेप्दै नआएको होईन । यस वर्ष सम्शेर नेतृत्वको नेपाल हज कमिटिले सुखद हज यात्रा एंव प्रभावकारी व्यवस्थापनलाई मुख्य लक्ष्य ठानेको बताएको छ ।हज कमिटिले पवित्र मन, बचन र कर्मले सेवाप्रवाह गरेको अर्घाखाँचीबाट हज गर्न गएका कुट्मदिन मियाँले बताए । “तारिफ योग्य व्यवस्थापन छ ।” मियाँले भने, “हामीलाई अहिलेसम्म कुनै पनि गुनासो छैन् । आशा छ हाम्रो दुवाले सुखी नेपाल समृद्ध नेपालीको महान अभियानलाई साकार पार्न महत्वपूर्ण भुमिका खेल्ने छ ।” हज कमिटि २४ सै घण्टा हाजी तथा हज्जीनहरुको सेवामा खटिरहेको कपिलबस्तुबाट धार्मिक यात्रामा मक्का पुगेका अल्ताफ हुसेनले बताए । “खाना, नास्ता र बासको प्रबन्ध सुविधायुक्त छ ।” हुसेनले भने, “अध्यक्ष सम्शेर काम गराई र खटाईका हिसाबले सबैको मनमा बास बस्नुभएको छ ।” कार्यविधि फितलो छ
    बिचौलियाको अन्त्य गरिने छ ः हज कमिटि अध्यक्ष –मियाँ

    Advertisement

    हज समितिको कार्यविधि फितलो भएको नेपाल हज कमिटिका अध्यक्ष सम्शेर मियाँले बताएका छन् । अधिकार सम्पन्न कार्यविधि बनाउन लागि पर्ने अध्यक्ष मिँयाको भनाई छ । “हवाई टिकटको नाममा एयरलाईन्स र ट्राभल्सको सेण्डिकेट तोड्न जरुरी छ ।” अध्यक्ष मियाँले भने, “यसरी हाजी तथा हज्जीनहरुको रकममा धेरै बचत हुन सक्थ्यो ।”
    मक्कामा हाजीहरुको आवास व्यवस्थापनमा बिल्डिङ्ग दलालहरुको संजाल तोड्न पनि कमिटि लागि पर्ने अध्यक्ष मियाँ बताउँछन् । यसपाली कुरबानीको (बलि चढाउने) नाममा बिचौलीयाहरुबाट बच्न तिर्थालुहरुलाई सजक गराईएको छ । “बैङ्कमा रकम जम्मा गरि कुर्वानी गर्न आग्रह गरेका छौँ ।” अध्यक्ष मियाँले भने, “आफ्नै आँखा अगाडी कुर्वानी गर्ने लगाउने योजनामा छौँ ।” विगतकका वर्षहरुमा सोझा–साझा हाजीहरु ठगिएको गुनासो आएसंगै यो नयाँ प्रणाली लागु गरिएको अध्यक्ष मियाँको भनाई छ ।
    राज्यले आवस्यक बजेट दिएन
    नेपाल सरकारले हज कमिटिलाई न्यून बजेट दिँदा प्रभावकारी व्यवस्थापनमा चुनौती थपिएको हज कमिटिले बताएको छ । वार्षिक १ करोड २० लाख बजेटले हज यात्रा देखि, कर्मचारी तथा कार्यालय व्यवस्थापन गर्नमा ठूलो समस्या भएको अध्यक्ष सम्शेर मियाँले बताए । “हामीलाई हेर्ने राज्यको दृष्टिकोण विभेदपूर्ण छ ।” अध्यक्ष मिँयाले भने, “यो बजेटको झण्डै ३ गुणा बढी बजेट आवस्यक पर्दछ ।” पिडित समुदाय प्रति राज्य सदैव सम्वेदनशिल हुनुपर्ने उनि बताउँछन् । यस पटकको हज यात्रामा नेपाली स्वादको खाना समेत व्यवस्था गरिएको छ । मक्कामा हाजी तथा हज्जीनहरुले नेपालमा दिगो शान्ती तथा समृद्धिका लागि दुवा समेत (प्रार्थना) गर्ने अध्यक्ष मियाँले विश्वास लिएका छन् ।

    बुधबार, साउन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation