पाल्पा। वर्षाका कारण दुई सातादेखि अबरुद्ध बनेको फोक्सिङकोटको लाबेदेखि झोकेदी हुँदै सदरमुकाम तानसेन जाने सडक अझै सम्म पनि खुल्न सकेको छैन । सडक अवरुद्ध हुन पुगेपछि गाउँमा खाद्यान्न अभाव सिर्जना हुन थालेको छ । बिरामी, अशक्त, अति आवश्यक कामकाजका लागि अस्पताल तथा गन्तव्यस्थलसम्म पुग्न सडक अवरुद्ध हुँदा समस्या परेको साना हुँगी माविका सहायक प्रधानाध्यापक एवत सारुले बताए ।वर्षाका कारण पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा जोखिम बढेको छ । विभिन्न स्थानमा खसेको पहिरोले घरगोठ बगाउने तथा पुरिने खतरा बढेको छ । मोटरबाटो चौडा गर्न डोजर लगाएपछि फोक्सिङकोटको रानीवासको लम्भार क्षेत्रमा पहिरो गएको छ । वर्षाले बस्तीदेखि तल रहेको बारीमा पहिरो गएपछि जोखिम बढेको वडासचिव धनकुमारी सारुले बताइन् । ‘गाउँमा पहिरोको जोखिम बढेको छ, डर र त्रासका साथ घरमा बस्न बाध्य छौं, अन्यत्र जाने ठाउँ पनि छैन,’ सारुले भनिन् ।फोक्सिङकोटको ढुङ्गेमा गएको हप्ता वर्षाले एक पाडी र ११ कुखुरा मरेको थियो । कुखराको खोर र गोठमा भलसहितको पानी पसेपछि जोेखिम बढेको स्थानीय हुमहादुरले शाहीले बताए । वर्षाको भल पसेपछि गोठको गारो झ्याल भत्कने अवस्थामा पुगेको उनले बताए ।
दुई सातादेखि सडक अवरुद्ध,स्थानीयलाई सास्ती
दुई सातादेखि सडक अवरुद्ध,स्थानीयलाई सास्ती

Advertisement
तपाईको प्रतिक्रिया