• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

तरकारीले फेरियो पुर्ब कम्लहरीको जिवन


  •   मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी।दाङ्को गढवा गाँउपालिका वडा नम्बर ५ धर्मपुर निवासी ३६ बर्षिय श्रृजना चौधरीले तरकारी खेतिबाट जिविको पार्जन गर्दै अाएकि छिन् । बिगतमा ९ बर्ष सम्म अरुकै घरमा कम्लहरी बसेकि चौधरी बिबाह पश्चात् कम्लहरी मुक्त भईन । उनलाई बिबाहले कम्लहरी मुक्त बनाएपनी अार्थिक समस्याले सताउन छोडेन । पैसा के चिज हो उनले त्यो बेला राम्रो सँग बुझने मौका पाईन । जब उनि कम्लहरी बसिन।त्यसैले उनी पैशा कमाउनकै लागि अरुको घरमा मजदुरी पनि गर्न पुग्थिन् । गाउँमा काम नपाएपछि उनी टाढा-टाढा ईट्टा भट्टामा पनि पुग्थिन् । उनका श्रीमान काठको मिस्त्रि हुन् । मिस्त्रिको काम पनि सधै नपाईने हुनाले अार्थिकको समस्याले सताउँथ्यो उनको परिवारलाई । सधै अरूको गुलामी गरेर मात्र अाफ्नो परिवारलाई सुख सयलमा राख्न नसक्ने राम्रो पाठ सिकिन चौधरीले । त्यसैले चौधरीको परिवारले घर नजिकै १५ कठ्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेति शुरू गरे । चौधरीको परिवार करिब १० बर्ष अघिदेखि नै तरकारी खेतिकै भरमा चलेको छ । अहिले उनको जग्गगामा करेला, भिण्डि, गोभि, खुर्सानी, टमाटर लगायत मौसमी र बेमौसमी तरकारीहरू लटरम्म छन् । कोही तरकारी भर्खर रोपिँदैछ, कोही फुल खेल्दैछन् त कोही लटरम्म फलेका छन् । उनको तरकारी दाङ्गका प्रमुख बजार हरू तुलसिपुर, घोराही, लमही र भालुबाङ्गका डिलरमा निर्यात हुन्छन् । बाँकि तरकारी गढवा बजारमै खपत हुने श्रृजनाले बताईन । ‘म सफल हुनुमा श्रिमाणको पनि साथ छ, म सँगै बारीमा जानू हुन्छ, बचेको तरकारी पनि छिट्वामा बोकेर बजारमा बिक्रि गर्नुहुन्छ श्रृजनाले भनिन् ।तरकारी खेतीमा मनग्य अाम्दानी हुन थालेपछि चौधरीका दुई छोरा र छोरी अहिले राम्रो बोर्डिङ्गमा अध्ययन गर्छन् । दयनिय अबस्था हुनेका लागि बोर्डिङ्ग स्कुल सपनाको स्कुल जस्तो लाग्ने श्रृजनाले गुणासो गरिन् । गढवामा उनलाई ब्यबसायिक तरकारी कृषक नै भनेर चिनिन्छ । स्वान सँस्था, भुमि अधिकार मञ्च, गढवा गाउँपालिका ५ नम्बर वडा कार्यालयको राम्रो साथ पाएकि श्रृजनाको परिवारको रहन सहन ब्यग्लै छ । तरकारी खेति बाटै बार्षिक करिब ४ लाख रुपैया सम्म अाम्दानि गरेको श्रृजनाले सुनाईन । ‘शुरूमा त अाम्दानी खासै भएन, परिवारको जिविको पार्जनमा निकै चिन्ता लाग्थ्यो तर, मैले हिम्मत हारिन-श्रृजनाले भनिन् अहिले त बार्षिक ४ लाख सम्म अाम्दानी गर्छु ।’श्रृजनाले तरकारी खेतिबाट मनग्य अाम्दानि गरेको देखेर उनको गाउँ गढवा ५ धर्मपुरका ६ जना महिला हरूले पनि ब्यबसायिक तरकारी खेति शुरू गरेका छन् । ५/५ कठ्ठा जमिनमा बेमौसमी तरकारी खेति सुरू गरिएको मानपति चौधरीले बताईन् । सोही गाउँ निवासी हिरादेबि चौधरीले पनि ५ कठ्ठामा बेमौसमी तरकारी लगाउन शुरू गरेकि छिन ।
    तरकारीको मूल्य अाफै  तोक्छन किसान

    Advertisement

    पछिल्लो समय भारतिय तरकारी नेपाल भित्रिन नपाउँदा किसानले अाफ्नो मेहनतले उब्जाएको तरकारीको मूल्य अाफै निर्धारण गर्न पाउँदा हर्षित भएका छन् ।पहिले तरकारी ब्यापारीले मूल्य निर्धारण गरेर किसान बाट तरकारि खरिद गर्थे भने अहिले किसानले नै मूल्य निर्धारण गर्ने गर्छन् । यसले गर्दा तरकारीको बजारको मुल्यमा बृद्दि भएको अनुमान गर्न सकिन्छ । छिमेकि राष्ट्र भारत बाट तरकारी नेपाल अाउन रोक्का भएपछि नेपालका किसान हरूले मेहनत बराबर तरकारीको मूल्य पाएको किसान महिला श्रृजना चौधरीले बताईन । ‘पहिले ब्यापारीले तोकेको मुल्यमा तरकारी छाड्नु पर्थ्यो किनकि त्यो बेला तरकारी प्रसस्त हुन्थ्यो, श्रृजनाले भनिन्-अहिले तरकारीको सटेज छ त्यसैले अाफै मूल्य निर्धारण गर्छौँ ।’ अाफैले निर्धारण गरेको मुल्यमा तरकारी बिक्रि नभएपनि सटेजको बेला अन्य ब्यापारीले खरिद गर्नेमा किसान हरू ढुक्क छन् ।
      वडा अध्यक्षको जग्गामा तरकारी खेति ।
    गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले महिला समुहको लागि तरकारी खेति गरेर अात्म निर्भर बन्न अाफ्नै जग्गा उपलब्ध गराएका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ पर्सियामा रहेको अध्यक्ष भण्डारीको बाँझो जग्गा करिब ७ बिगाह उपलब्ध गराएका हुन् । पछि फर्काउने गरि उपलब्ध गराईएको जग्गामा अहिले तरकारी खेति गम्किएको छ । ‘खेति गर्ने क्षमता धेरैमा देखे तर जग्गा नै नभएपछि कसरी खेति गर्नु? अध्यक्ष भण्डारीले भने-काम गरेर खानुस भन्दै जग्गा उपलब्ध गराएको हुँ ।’

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...