• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

तरकारीले फेरियो पुर्ब कम्लहरीको जिवन


  •   मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,देउखुरी।दाङ्को गढवा गाँउपालिका वडा नम्बर ५ धर्मपुर निवासी ३६ बर्षिय श्रृजना चौधरीले तरकारी खेतिबाट जिविको पार्जन गर्दै अाएकि छिन् । बिगतमा ९ बर्ष सम्म अरुकै घरमा कम्लहरी बसेकि चौधरी बिबाह पश्चात् कम्लहरी मुक्त भईन । उनलाई बिबाहले कम्लहरी मुक्त बनाएपनी अार्थिक समस्याले सताउन छोडेन । पैसा के चिज हो उनले त्यो बेला राम्रो सँग बुझने मौका पाईन । जब उनि कम्लहरी बसिन।त्यसैले उनी पैशा कमाउनकै लागि अरुको घरमा मजदुरी पनि गर्न पुग्थिन् । गाउँमा काम नपाएपछि उनी टाढा-टाढा ईट्टा भट्टामा पनि पुग्थिन् । उनका श्रीमान काठको मिस्त्रि हुन् । मिस्त्रिको काम पनि सधै नपाईने हुनाले अार्थिकको समस्याले सताउँथ्यो उनको परिवारलाई । सधै अरूको गुलामी गरेर मात्र अाफ्नो परिवारलाई सुख सयलमा राख्न नसक्ने राम्रो पाठ सिकिन चौधरीले । त्यसैले चौधरीको परिवारले घर नजिकै १५ कठ्ठा जग्गा ठेक्कामा लिएर तरकारी खेति शुरू गरे । चौधरीको परिवार करिब १० बर्ष अघिदेखि नै तरकारी खेतिकै भरमा चलेको छ । अहिले उनको जग्गगामा करेला, भिण्डि, गोभि, खुर्सानी, टमाटर लगायत मौसमी र बेमौसमी तरकारीहरू लटरम्म छन् । कोही तरकारी भर्खर रोपिँदैछ, कोही फुल खेल्दैछन् त कोही लटरम्म फलेका छन् । उनको तरकारी दाङ्गका प्रमुख बजार हरू तुलसिपुर, घोराही, लमही र भालुबाङ्गका डिलरमा निर्यात हुन्छन् । बाँकि तरकारी गढवा बजारमै खपत हुने श्रृजनाले बताईन । ‘म सफल हुनुमा श्रिमाणको पनि साथ छ, म सँगै बारीमा जानू हुन्छ, बचेको तरकारी पनि छिट्वामा बोकेर बजारमा बिक्रि गर्नुहुन्छ श्रृजनाले भनिन् ।तरकारी खेतीमा मनग्य अाम्दानी हुन थालेपछि चौधरीका दुई छोरा र छोरी अहिले राम्रो बोर्डिङ्गमा अध्ययन गर्छन् । दयनिय अबस्था हुनेका लागि बोर्डिङ्ग स्कुल सपनाको स्कुल जस्तो लाग्ने श्रृजनाले गुणासो गरिन् । गढवामा उनलाई ब्यबसायिक तरकारी कृषक नै भनेर चिनिन्छ । स्वान सँस्था, भुमि अधिकार मञ्च, गढवा गाउँपालिका ५ नम्बर वडा कार्यालयको राम्रो साथ पाएकि श्रृजनाको परिवारको रहन सहन ब्यग्लै छ । तरकारी खेति बाटै बार्षिक करिब ४ लाख रुपैया सम्म अाम्दानि गरेको श्रृजनाले सुनाईन । ‘शुरूमा त अाम्दानी खासै भएन, परिवारको जिविको पार्जनमा निकै चिन्ता लाग्थ्यो तर, मैले हिम्मत हारिन-श्रृजनाले भनिन् अहिले त बार्षिक ४ लाख सम्म अाम्दानी गर्छु ।’श्रृजनाले तरकारी खेतिबाट मनग्य अाम्दानि गरेको देखेर उनको गाउँ गढवा ५ धर्मपुरका ६ जना महिला हरूले पनि ब्यबसायिक तरकारी खेति शुरू गरेका छन् । ५/५ कठ्ठा जमिनमा बेमौसमी तरकारी खेति सुरू गरिएको मानपति चौधरीले बताईन् । सोही गाउँ निवासी हिरादेबि चौधरीले पनि ५ कठ्ठामा बेमौसमी तरकारी लगाउन शुरू गरेकि छिन ।
    तरकारीको मूल्य अाफै  तोक्छन किसान

    Advertisement

    पछिल्लो समय भारतिय तरकारी नेपाल भित्रिन नपाउँदा किसानले अाफ्नो मेहनतले उब्जाएको तरकारीको मूल्य अाफै निर्धारण गर्न पाउँदा हर्षित भएका छन् ।पहिले तरकारी ब्यापारीले मूल्य निर्धारण गरेर किसान बाट तरकारि खरिद गर्थे भने अहिले किसानले नै मूल्य निर्धारण गर्ने गर्छन् । यसले गर्दा तरकारीको बजारको मुल्यमा बृद्दि भएको अनुमान गर्न सकिन्छ । छिमेकि राष्ट्र भारत बाट तरकारी नेपाल अाउन रोक्का भएपछि नेपालका किसान हरूले मेहनत बराबर तरकारीको मूल्य पाएको किसान महिला श्रृजना चौधरीले बताईन । ‘पहिले ब्यापारीले तोकेको मुल्यमा तरकारी छाड्नु पर्थ्यो किनकि त्यो बेला तरकारी प्रसस्त हुन्थ्यो, श्रृजनाले भनिन्-अहिले तरकारीको सटेज छ त्यसैले अाफै मूल्य निर्धारण गर्छौँ ।’ अाफैले निर्धारण गरेको मुल्यमा तरकारी बिक्रि नभएपनि सटेजको बेला अन्य ब्यापारीले खरिद गर्नेमा किसान हरू ढुक्क छन् ।
      वडा अध्यक्षको जग्गामा तरकारी खेति ।
    गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले महिला समुहको लागि तरकारी खेति गरेर अात्म निर्भर बन्न अाफ्नै जग्गा उपलब्ध गराएका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ पर्सियामा रहेको अध्यक्ष भण्डारीको बाँझो जग्गा करिब ७ बिगाह उपलब्ध गराएका हुन् । पछि फर्काउने गरि उपलब्ध गराईएको जग्गामा अहिले तरकारी खेति गम्किएको छ । ‘खेति गर्ने क्षमता धेरैमा देखे तर जग्गा नै नभएपछि कसरी खेति गर्नु? अध्यक्ष भण्डारीले भने-काम गरेर खानुस भन्दै जग्गा उपलब्ध गराएको हुँ ।’

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    सडकको बीचमै बिजुलीको पोल
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    भर्खरै

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ३.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ४.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ७.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ८.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...