• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

मध्यपहाडी लोकमार्ग हुॅदै घुम्टे पुग्न डाॅडैडाॅड पर्यटन पदमार्ग


  •   मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ ।बागलुङको महत्वपुर्ण पर्यटकीय गन्तव्य घुम्टे जोडन पर्यटन पदमार्ग निर्माण भएको छ । गलकोट नगरपालिका ७ मल्ममा डेढ किलोमिटर पदमार्ग निर्माण भएको छ । दरमखोलाको भीमसेन ढुङगा देखि आगाॅखेत, सिरबारे, मल्मडाॅडा भल्साङ राम्चेढुङगा, अजिराखर्क, तुलसी मैरा, सानो घुम्टे हुॅदै घुम्टे सम्म उक्त पर्यटन पदमार्ग निर्माण गर्ने लक्ष्य अनुरुप पहिलो चरणमा निर्माण कार्य सम्पन्न भएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड क का अध्यक्ष रुद्र केसीले जानकारी दिनुभयो । पर्यटनको सम्भावनै सम्भावना रहेको घुम्टे लेकमा सहज आवागमनको लागि पदमार्ग कार्यलाई तिव्रता दिईएको अध्यक्ष केसीले बताउनु भयो । हामीले क्रमश सरकार सॅग समन्वय गरि विकास निर्माणलाई थप अगाडी बढाउने लक्ष्य अनुरुप काम अगाडी बढाईरहेका छौं अध्यक्ष केसीले भन्नु भयो । गण्डकी प्रदेश सरकारको बजेट रु २० लाखको लागतमा पदमार्गको पहिलो चरणको काम सम्पन्न गरिएको हो । ढुङगाको सिडी सहितको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्टे पुग्न सहजता प्रदान गर्न योजनालाई अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ख का अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी दिनुभयो । पञ्चे वर्षे योजना निर्माण गरेर बाॅकी कामलाई तदारुकताका साथ अगाडी बढाईने अध्यक्ष विश्वकर्माले बताउनु भयो । घुम्टे प्राकृतिक, जैविक अनि मनोरम सुन्दर घुम्टे पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले यसलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले पर्यटन पदमार्ग निर्माण अगाडी बढाएको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । पर्यटकहरु बढि पैदल यात्रा गर्न रुचि राख्ने भएकोले सरकारले पर्यटन पदमार्ग निर्माणमा जोड दिएको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत घिमिरेले बताउनु भयो । अहिले पहिलो चरणमा मध्यपहाडी लोकमार्गको आगाॅखेत देखि तल्लो सिरबारे सम्म र अजिराखर्क देखि तुलसी मैरा सम्म झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । यो पदमार्ग डाॅडैडाॅडा बाट निर्माण गर्न लागिएकोले यसको छुट्टै महत्व रहने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । पदमार्ग निर्माण भएपछि यात्रा अवधिभर डाॅडाकाॅडाको मनोरम दृश्य हिम श्रृङखलाहरु, वन जंगल बस्तीको दृश्यावलोकन सॅगै पर्यटकले आनन्द लिन सक्ने वडा अध्यक्ष थापाको भनाई छ । पदमार्ग निर्माण पश्चात मध्यपहाडी लोकमार्गबाट घुम्टेसम्म झण्डै ३ घण्टाको पैदल यात्रामा पुग्न सकिने छ । गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र ताराखोला गाउॅपालिकाले घुम्टेमा पर्यटन विकासको निमित्त विकास निर्माणका पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छन । अहिले निर्माण हुने यस पदमार्गको यात्राको क्रममा गलकोट क्षेत्रको मनोरम दृश्य सॅगै छिमेकी जिल्ला गुल्मीको पनि दृश्यावलोकन गर्न सकिनेछ । घुम्टेमा विभिन्न प्रजातीका लालीगुॅरास, जडीबुटी, चराचुरुङगी, जनावर आदी पाईन्छन । त्यहाॅबाट नेपालका विभिन्न सहरहरु, हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको मनोरम आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्टे जाने गर्दछन । घुम्टेमा प्रसिद्व सिद्व भैरवको मन्दिर समेत रहेको छ । मन्दिरको अहिले पुन निर्माण गरि थप व्यस्थित र आकर्षक बनाईएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । घुम्टेमा व्यवस्थित रेलिङयुक्त सेलेट ढुङगे पदमार्ग समेत निर्माण भईसकेको छ त्यस्तै उज्यालोको निम्ति सोलार बत्ती जडान गरिएको छ भनें त्यहाॅ पुग्ने श्रदालु भक्तजन र पर्यटकको लागि आवास गृह पौवा निर्माण गरिएको छ । त्यहाॅ प्रत्येक वर्ष वैशाख पुर्णिमामा भव्य मेला लाग्ने गर्दछ । घुम्टे पुग्न पाण्डवखानीको सिद्वथान, हरिचौरको टेउवा, ताराखोला गाउॅपालिकाको हिलबाट पनि पर्यटन पदमार्ग निर्माण कार्य अगाडी बढाईएको छ ।

    Advertisement

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान
    झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    सडकको बीचमै बिजुलीको पोल
    प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै
    सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    भर्खरै

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ३.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ४.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ७.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ८.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...