• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ८. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

मध्यपहाडी लोकमार्ग हुॅदै घुम्टे पुग्न डाॅडैडाॅड पर्यटन पदमार्ग


  •   मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ ।बागलुङको महत्वपुर्ण पर्यटकीय गन्तव्य घुम्टे जोडन पर्यटन पदमार्ग निर्माण भएको छ । गलकोट नगरपालिका ७ मल्ममा डेढ किलोमिटर पदमार्ग निर्माण भएको छ । दरमखोलाको भीमसेन ढुङगा देखि आगाॅखेत, सिरबारे, मल्मडाॅडा भल्साङ राम्चेढुङगा, अजिराखर्क, तुलसी मैरा, सानो घुम्टे हुॅदै घुम्टे सम्म उक्त पर्यटन पदमार्ग निर्माण गर्ने लक्ष्य अनुरुप पहिलो चरणमा निर्माण कार्य सम्पन्न भएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड क का अध्यक्ष रुद्र केसीले जानकारी दिनुभयो । पर्यटनको सम्भावनै सम्भावना रहेको घुम्टे लेकमा सहज आवागमनको लागि पदमार्ग कार्यलाई तिव्रता दिईएको अध्यक्ष केसीले बताउनु भयो । हामीले क्रमश सरकार सॅग समन्वय गरि विकास निर्माणलाई थप अगाडी बढाउने लक्ष्य अनुरुप काम अगाडी बढाईरहेका छौं अध्यक्ष केसीले भन्नु भयो । गण्डकी प्रदेश सरकारको बजेट रु २० लाखको लागतमा पदमार्गको पहिलो चरणको काम सम्पन्न गरिएको हो । ढुङगाको सिडी सहितको पदमार्गले आन्तरिक तथा बाह्य पर्यटकलाई घुम्टे पुग्न सहजता प्रदान गर्न योजनालाई अगाडी बढाईएको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समिति खण्ड ख का अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी दिनुभयो । पञ्चे वर्षे योजना निर्माण गरेर बाॅकी कामलाई तदारुकताका साथ अगाडी बढाईने अध्यक्ष विश्वकर्माले बताउनु भयो । घुम्टे प्राकृतिक, जैविक अनि मनोरम सुन्दर घुम्टे पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भएकोले यसलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले पर्यटन पदमार्ग निर्माण अगाडी बढाएको भु तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । पर्यटकहरु बढि पैदल यात्रा गर्न रुचि राख्ने भएकोले सरकारले पर्यटन पदमार्ग निर्माणमा जोड दिएको वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत घिमिरेले बताउनु भयो । अहिले पहिलो चरणमा मध्यपहाडी लोकमार्गको आगाॅखेत देखि तल्लो सिरबारे सम्म र अजिराखर्क देखि तुलसी मैरा सम्म झण्डै डेढ किलोमिटर पदमार्ग निर्माण सम्पन्न भएको छ । यो पदमार्ग डाॅडैडाॅडा बाट निर्माण गर्न लागिएकोले यसको छुट्टै महत्व रहने गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले बताउनु भयो । पदमार्ग निर्माण भएपछि यात्रा अवधिभर डाॅडाकाॅडाको मनोरम दृश्य हिम श्रृङखलाहरु, वन जंगल बस्तीको दृश्यावलोकन सॅगै पर्यटकले आनन्द लिन सक्ने वडा अध्यक्ष थापाको भनाई छ । पदमार्ग निर्माण पश्चात मध्यपहाडी लोकमार्गबाट घुम्टेसम्म झण्डै ३ घण्टाको पैदल यात्रामा पुग्न सकिने छ । गण्डकी प्रदेश सरकार, गलकोट नगरपालिका र ताराखोला गाउॅपालिकाले घुम्टेमा पर्यटन विकासको निमित्त विकास निर्माणका पुर्वाधारहरुलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको छन । अहिले निर्माण हुने यस पदमार्गको यात्राको क्रममा गलकोट क्षेत्रको मनोरम दृश्य सॅगै छिमेकी जिल्ला गुल्मीको पनि दृश्यावलोकन गर्न सकिनेछ । घुम्टेमा विभिन्न प्रजातीका लालीगुॅरास, जडीबुटी, चराचुरुङगी, जनावर आदी पाईन्छन । त्यहाॅबाट नेपालका विभिन्न सहरहरु, हिमश्रृङखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको मनोरम आनन्द लिन आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्टे जाने गर्दछन । घुम्टेमा प्रसिद्व सिद्व भैरवको मन्दिर समेत रहेको छ । मन्दिरको अहिले पुन निर्माण गरि थप व्यस्थित र आकर्षक बनाईएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । घुम्टेमा व्यवस्थित रेलिङयुक्त सेलेट ढुङगे पदमार्ग समेत निर्माण भईसकेको छ त्यस्तै उज्यालोको निम्ति सोलार बत्ती जडान गरिएको छ भनें त्यहाॅ पुग्ने श्रदालु भक्तजन र पर्यटकको लागि आवास गृह पौवा निर्माण गरिएको छ । त्यहाॅ प्रत्येक वर्ष वैशाख पुर्णिमामा भव्य मेला लाग्ने गर्दछ । घुम्टे पुग्न पाण्डवखानीको सिद्वथान, हरिचौरको टेउवा, ताराखोला गाउॅपालिकाको हिलबाट पनि पर्यटन पदमार्ग निर्माण कार्य अगाडी बढाईएको छ ।

    Advertisement

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...