सुवास गाैतम, अर्घाखाँची । जिल्लाको पाणिनी गाउपालिकाले कृषक समुहलाई उन्नत जातका बाेयर बाख्रा हस्तान्तरण गरेको छ। गाउपालिकाले ३ वटा श्रोत केन्द्रलाई ६/६ वटाका दरले र श्राेत केन्द्र स्थापना नभएका वडालाइ एकएक वटाका दरले बाेयर जातकाे बाेका बितरण गरिएकाे थियाे। दुर्गाफाटमा आयोजित बाख्रा हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै पाणिनि गाउपालिका अध्यक्ष तथा साेहि कार्यक्रमका अध्यक्ष समेत रहेका पाणिनी गाउपालिका अध्यक्ष अच्युत गाैतमले पालिकाकाे अार्थिक बिकास तथा सम्बृद्विकाे लागि अष्ट्रेलियाबाट बाेयर जातकाे बाख्रा यस पालिकामा ल्याएकाे बताए। धेरै लामाे प्रयास पछि बाख्रा ल्याउन सफल भएकाे र बाख्रा ल्याउने कार्यमा सहयाेग गर्ने सबै पक्षलाइ धन्यवाद दिए। उनले भने बाेयर बाख्रा अाएसगै पाणिनीकाे अार्थिक बिकासकाे लागि नया खम्बा तयार भएकाे बताए। उनले भने पाणिनी गाउपालिकाका प्रत्येक कृषकहरूकाे घर घरहरूमा २/४ बर्षमा बाेयर जातकाे बाख्रा हुने र कृषकहरूकाे अार्थिक पक्षमा सुधार हुने बताए। साेहि कार्यक्रममा बाेल्दै पाणिनी गाउपालिका उपाध्यक्ष लक्ष्मी गाैतमले गाउपालिकामा अष्ट्रेलियन बाेयर जातकाे बाख्रा भित्रीएकाेले बिदेशमा बस्ने नेपाली युवायुवती हरूलाइ स्वदेशमा फर्कन अावान गरिन। उनले भनिन यस कार्यक्रमले युवायुवतीहरू बिदेशिनु नपर्ने र अाफ्नै स्वदेशमा बसि स्वराेजगार हुँदै अार्थिक पक्ष सुधार्नुपर्ने बताइन। साेहि कार्यक्रममा बाेल्दै पाणिनि गाउपालिका का प्रमुख प्रसासकिय अधिकृत जनकराज पन्थीले बाेयर जातकाे बाख्रा बितरण कार्यक्रमले नेपालमै पाणिनि गा पा ले एक उदाहरणीय कार्य गरेकाे बताए।
उनले भने याे कार्यक्रमकाे प्रमुख उद्वेश्य श्राेत केन्द्र स्थापना गर्ने र ३/४ बर्षमा पाणिनी गाउपालिकाका प्रत्येक कृषकहरूका घरमा बाेयर जातकाे बाख्रा हुनेर अार्थिक पक्ष सबल गराउने तर्फ पाणिनी गाउपालिका लागि परेकाे बताए। साेहि कार्यक्रम पाणिनि गा.पा. अध्यक्ष अच्युत गाैतमकाे अध्यक्षता र कृषि प्राविधिक दधिराम घिमिरेकाे सन्चालनमा सम्पन्न भएकाे हाे।
पाणिनी गाउपालिकाले दियो कृषक समुहलाई उन्नत जातका बाेयर बाख्रा
पाणिनी गाउपालिकाले दियो कृषक समुहलाई उन्नत जातका बाेयर बाख्रा

Advertisement
तपाईको प्रतिक्रिया