अर्घाखाँची। अर्घाखाँचीमा ज्वाईद्धारा आफ्नै सासुको हत्या भएको छ । मदिरा पिएर मातिएका ज्वाईले घाँटीमा डोरीले कसेर सासुको हत्या गरेको बताईएको छ । दाङको राप्ती गाँउपालीका २ का स्थानीय २९ बर्षिय बसन्त कुमालले आफ्नै सासुको हत्या गरेका हुन। बसन्तले ससुराली आएका बेला अर्घाखाँची सितगंगा नगरपालिका ८ सातमारा बस्ने सासु ४३ बर्षिय ईन्द्रा कुमालको घाँटीमा डोरीले कसेर हत्या गरेको प्रहरीले जनाएको छ ।अभियुक्त वसन्त माईत रहेकी श्रीमतीलाई लिन असार २९ गते ससुराली आएका थिए। सोमबार राती अभियुक्तले सासु सगै बसेर रक्सी खाएको र त्यही बेला झगडा हुदा मदिराको झोकमा घाँटीमा डोरीले कसेर हत्या गरेको बताएका छन ।उन्ले भान्साकोठामा बारेको बाँसको चिरपटमा लगेर आफुले सासुलाई झुन्डाएको प्रहरीसंगको बयानम स्विकार गरेका छन् । सासुको हत्यापछि अभियुक्त कुमालले सासू झुन्डिएको भन्दै गाँउलेलाई बोलाएका थिए । घटनास्थलमा गाँउले आउदा कुमाल भागेर नजिकै आफन्त कहाँ गएर बसेका थिए। उक्त बिषयमा खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक गणेश बहादुर नरालको नेतृत्वमा गएको प्रहरीको टोलीले अभियुक्त कुमाललाई पक्राउ गरेको छ ।
ज्वाईले गरे आफ्नै सासुको हत्या
ज्वाईले गरे आफ्नै सासुको हत्या
Advertisement
तपाईको प्रतिक्रिया