• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

लोकप्रिय समाचार

  • १. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • २. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ८. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • ९. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • १०. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपतिको छोरालाई लाइन लागेर भेटेपछि नेकपाभित्र आलोचना


  •   बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवम् केन्द्रीय सदस्य सूर्य थापाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोका छोरा निकोलस अर्नेस्टो मादुरो गुयरासँग पूर्वप्रधानमन्त्रीहरूले भेट गरेकोमा असन्तुष्टि जनाएका छन् ।युवा नेता थापाले पूर्वप्रधानमन्त्रीहरूले भेनेजुएलाका राष्ट्रपतिको छोरालाई लाइन लागेर भेट्ने कार्य पदीय हैसियत र कुटनीतिक मर्यादा विपरितको कार्य भएको जनाएका छन् ।निकोलस मोदुरोका छोरा अर्नेस्टो मादुरोलाई पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका थिए ।पूर्वप्रधानमन्त्री जस्ता व्यक्तित्वले राष्ट्रपतिको छोरालाई कुन हैसियतमा भेटेका हुन् नेकपाका अन्य नेताहरूले पनि प्रश्न उठाएका छन् ।‘बेला न कुबेला भेनेजुएलाः राष्ट्रपति मोदुरो पुत्र नेपाल आउँदा ३–३ जना पूर्व प्रधानमन्त्रीले भेट गरेको कत्ति मिलेन’, थापाले फेसबुक स्टाटसमा लेखेका छन्, ‘सल्लाहमा एकजनाले भेटेको भए असारमा देउसीभैलो खेलिएजस्तो हुँदैनथ्यो ।’थापाले भनेका छन्, ‘नेपालको परराष्ट्र नीति देशहितमा आधारित छ । देश हितभन्दा भिन्न गतिविधि शोभनीय र परिपक्व हुँदैनन् ।’‘साम्राज्यवाद विरोधी ऐक्यबद्धता पनि देशहितकै मातहत हो भनेर बुझ्नुपर्छ’, उनले भनेका छन्, ‘सत्ता संचालन गरिरहेको पार्टीलाई नसुहाउने भाषाको विवादास्पद वक्तव्यवाजीको पराकम्प अझै बिस्मृतिमा पुगेको छैन ।’‘फेरि निजी वा अनौपचारिकजस्तो भ्रमणलाई धेरै उत्ताउलो रूपमा प्रस्तुत गरिनु हानिकारक हुन्छ’, थापाले चेतावनीयुक्त शैलीमा भनेका छन् ।‘पार्टी सचिवालयका ९ मध्ये ५ जना सदस्यहरूले बहुमत पु-याएर घरघरमा भेट गरेको देख्दा भेनेजुएलाको प्रतिनिधिमण्डल आफैलाई कस्तो कुरीकुरी लाग्यो होला ?’, नेकपाका नेता थापाले उल्लेख गरेका छन् ।‘एक अध्यक्ष र विदेश विभागका तर्फबाट पार्टी कार्यालयमा भेट गरिएको भए सरल, स्वभाविक र सामान्य हुन्थ्यो होला’, उनले भनेका छन् ।‘हाम्रा नेताहरू यति फुर्सदिला छन् भन्ने यो सटिक दृष्टान्त बनेको छ’, उनले भनेका छन्, ‘किनकि स्वयं त्यहाँका राष्ट्रपति नै आएको भए कमरेडहरू के–के गर्थे होलान् ?’नेकपाका नेता थापाले ‘काँचो सुन्तला नखाँदै यो चाल खाए कुन चाल ?’ यही गीत काफी हुन्छ भनेर व्याङ्ग्य गरेका छन् । ‘काँचो सुन्तला नखाँदै यो चाल खाए कुन चाल ? यी गीत काफी हुन्छ भेनेजुएलाको प्रतिनिधिमण्डल र हाम्रो नेतृत्वको ताल हेर्न र बुझ्न’, उनले भनेका छन् ।‘हामी नेपालीहरूले आफ्नो शिष्ट र मर्या्दित व्यवहार तय गरेर नै संस्थागत कार्यशैली व्यवस्थित गर्न ध्यान दिनुपर्छ । र, यो कुरा हामीले गर्ने हरेक व्यवहारमा झल्किन सक्नुपर्छ’, थापाले भनेका छन् ।

    Advertisement

    बुधबार, साउन ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा
    लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता
    रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
    माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार
    कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
    रास्वपा प्युठानद्वारा भिजिट भिसा दुरुपयोग र मानव तस्करीबारे छानबिन माग

    लोकप्रिय

    • १.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ४.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ५.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ७.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ८.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation