कामना डेली,बुट्वल। गुल्मेली गायक केशब ज्ञवालिको शब्द ,संगीत ,स्वर तथा अभिनय रहेको आधुनिक गीत ‘जीन्दगी’ सार्बजनिक भएको छ ।लोक दोहोरी गीत मलाई बहुला नभन बाट ख्याती कमाएका ज्ञवालिले जिन्दगी बोलको गीत सार्बजनिक गरेका हुन । गीतमा थोरै जीत र धेरै हार भयको कुरा उल्लेख गरिएको छ । आभास ज्ञवालिको निर्देसन रहेको गीतको छयाङ्कन र सम्पादन भने सुरज पान्डेले गरेका छन ।दर्जनौ दोहोरी गीतमा स्वर भरेका ज्ञवाली आधुनिक र गजल तर्फ पनि उत्तिकै अब्बल मानिन्छन ।सो गीत बिन्धबासिनी म्युजिकले बजारमा उपलब्ध गराएको हो ।
Advertisement