सागर थापा,दाङ। चालु आर्थिक बर्षमा प्रदेश नं. ५ का ६ सय ९१ प्रहरी पुरस्कृत भएका छन् । एक जना प्रहरी वरिष्ठ उपरीक्षक,४ जना प्रहरी उपरीक्षक, १६ जना प्रहरी नायव उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक,७२ जना प्रहरी नायव निरीक्षक पुरस्कृत भएका हुन् ।त्यस्तै ९३ जना प्रहरी सहायक निरीक्षक, एकसय ३२ जना प्रहरी हवल्दार, तीनसय चार जना प्रहरी जवान र १० जना ५. नम्बर प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेश बिक्रम शाहले जानकारी दिनुभयो छ । प्रदेशमा सबैभन्दा धेरै दाङका एकसय ३६ प्रहरी पुरस्कृत भएका छन् । जसमा जिल्ला प्रहरी कार्यालय दाङबाट एकसय १० र प्रदेश नं. ५ प्रहरी कार्यालय दाङमा कार्यरत २६ जना रहेका छन् ।त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एकसय १२,रुपन्देहीका ६६,अर्घाखांचीका ६५,कपिलवस्तुका ६०,रोल्पाका २७,प्युठानका ३७,रुकुमका ३०,बर्दियाका ३२,पाल्पाका ५८,गुल्मीका १९,नवलपरासीका २३ र बुटवलका २६ जना पुरस्कृत भएका छन । फरार अभियुक्तलाई पक्राउ गर्न सफल,अनुशासनमा रहेर काम गरेका,आदेश पालना गरेकालगायत उत्कृष्ट काम गर्ने प्रहरीलाई सम्मान गरिएको पोखरेलको भनाई छ ।।
प्रदेश ५ मा ६ सय ९१ प्रहरी पुरस्कृत, कुन जिल्लाबाट कति जनाले पाए?
प्रदेश ५ मा ६ सय ९१ प्रहरी पुरस्कृत, कुन जिल्लाबाट कति जनाले पाए?

Advertisement
तपाईको प्रतिक्रिया