• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

त्री–देशीय सम्बन्धको धड्कन:बाग्दुला–भीमगिठे सडकको सर्भे सकिदैं


  •   शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
  • कामना डेली,प्युठान। त्री–देशीय सम्बन्धको धड्कन बन्नसक्ने बाग्दुला – भिमगिठे सडकको सर्भे अन्तिम चरणमा पुगेको छ । गत बैशाख दोस्रो साता बाग्दुला देखि सुरु गरिएको सर्भेको काम सकिन लागेको हो। तुन्दी कन्स्ट्रक्सन सानेपा ललितपुरले सर्भेको काम गरिरहेको छ। बाग्दुला देखि बागलुङको बलिगाड १० डर्लिङ सम्मको सर्भे सकिएको र अब १० किमिमात्रै सर्भेको काम बाँकी रहेको सर्भेयर गौरव खनालले बताउनुभयो। “सडकको मापदण्डअनुसार परिमाणमा हुने परिवर्तनको भेरिफिकेसन गर्न गरिएको कन्स्ट्रक्सन सर्भेको काम केही दिनमै सकिँदैछ” उहाले भन्नुभयो, “दशै लगत्तै ठेकेदारले निर्माणको काम सुरु गर्ने छन ।” उहाका अनुसार आयोजनाको डिटेल सर्भे,भौतिक अध्यन र डिजाईन संगै भईरहेको छ। सडक विभाग सडक सुधार आयोजना अन्तर्गत निर्माण हुने यो सडकको सर्भे गर्न ६ जनाको प्राविधिक टोली खटिएको खनालले जानकारी दिनुभयो । एम्सी इन्डियन कम्पनी र तुन्डी नेपाल जेभी ललितपुरले सडक निर्माणको जिम्मा पाएका छन। आवास्यक रेखदेखका लागि गुल्मीको अग्लुङ्फेदीमा निर्माण कम्पनी र परामर्सदाताको कार्यालय समेत स्थापना गरिएको छ। एक्जिम बैंकमार्फत भारत सरकारको ऋण सहयोगमा प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठेसम्म ७४ किमि दूरी कालोपत्रे गर्न लागिएको हो ।पौने ३ अर्व रुपैयाँ लागत रहेको यो सडक योजना आगामी ३ वर्ष्भित्रमै निर्माण सम्पन्न हुने सडक सुधार विकास योजना काठमाडौंका संयोजक सुशीलबाबू ढकालले बताउनुभयो । २ लेन यो सडकको दुवै तर्फ १५–१५ मिटर फराकिलो बनाईने छ । हाल ट्रयाक खोलिएको सडकलाई ९ मिटर चौडा बनाएर ७ मिटर कालोपत्रे गरिने स्टिमेट छ । बाग्दुलादेखि अर्खासम्म ४४ किमि कच्ची सडक निर्माण भइसकेको छ । सडकले प्यूठानतर्फ प्यूठान नगरपालिका, झिमरुक र गौमुखी गाउँपालिका क्षेत्रलाई समेटेको छ भने गुल्मीको मदाने गाउँपालिकाको अग्लुङ र बागलुङको बडीगाड गाउँपालिका समेटेको छ । सडक आसपासमा सयौं भौतिक संरचना छन् । सडक क्षेत्रमा रहेका भौतिक संरचनाको मूल्यांकनका आधारमा क्षतिपूर्ति दिई हटाएर फराकिलो बनाइने ढकालले बताउनुभयो । ‘सडकको सन् २०१६ मा डिटेल सर्वे गरिएको थियो । सडक निर्माणपछि सडक क्षेत्रका १० हजार ९ सय १० घरधुरीलाई प्रत्यक्ष फाइदा पुग्ने छ ।प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची र बागलुङवासीलाई केन्द्रीय राजधानी जोड्ने सरल मार्गको रुपमा पनि यो सडकलाई लिइएको छ । यो सडक काठमाडौं जाने वैकल्पिक मार्ग समेत हुनेछ । म्याग्दी, बागलुङ क्षेत्रकालाई पूर्व–पश्चिम राजमार्ग हुँदै पश्चिमको यात्रा गर्न सहज हुनेछ ।सडकले त्रिदेशीय सम्बन्ध राख्ने बताइएको छ । भारतको कोइलावास, दाङको भालुबाङ, प्यूठानको बाग्दुला, बागलुङको भीमगिठे भएर म्याग्दीको बेनी र मुस्ताङ हुँदै चीन जोड्ने उक्त सडकको लक्ष्य हो । पूर्व–पश्चिम रागमार्गअन्तर्गत दाङको भालुबाङदेखि भीमगिठेसम्म १ सय ३२ किमि दूरीमा मध्यपहाडी राजमार्ग जोडिन्छ । भालुबाङ–बाग्दुला ५९ किमि दूरी यसअघि नै कालोपत्रे भइसकेको छ । ‘सडक निर्माणले यस क्षेत्रको समग्र आर्थिक विकासमा फडको मार्ने आशा गरिएको छ,’ गौमुखी २ अर्खाका वडा अध्यक्ष डोर बहादुर रानाले भन्नुभयो, ‘स्वर्गद्वारी, गौमुखी हँुदै मुक्तिनाथ जाने यस सडकले जिल्लाको पर्यटकीय ढोका खोल्नेछ ।’ यो सडक त्रिदेशीय सडकका रुपमा प्रयोग गर्न सकिने छोटो र सहज सडक पनि हो’ रानाले भन्नुभयो।

    Advertisement

    शुक्रबार, असार २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी
    बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा
    नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation