सागर थापा,दाङ। कैलालीमा दम्पती मिलेर एक पूर्वप्रेमीको हत्या गरेको खुलासा भएको छ।जिल्लाको चुरे गाउँपालिका ६ मड्डमा श्रीमान-श्रीमती मिलेर ती प्रेमीको हत्या गरेको प्रहरीले बताएको हो। हाल कैलालीमा मजदुरी गर्दै आएका गुल्मी जिल्लाका ३५ वर्षीय कमल कुँवरको बीभत्स हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ। कुँवरको हत्या आरोपमा सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानियले उक्त खबर गरेको ३ घण्टा नबित्दै ईन्सपेक्टर माधव बिश्वकर्माको कमाण्डमा खटिएको टोलीले दुवै जनालाई पक्राउ गर्न सफल भएको हो। कल्पनाका पूर्वप्रेमी रहेका कुँवरको गत असार २२ गते हत्या गरीएको थियो। घरबाट अन्दाजि ५० मिटर दक्षीण सिमसेला खोला नजिकैको खाडलमा उनको शब गाडिएको अबस्थामा फेला परेको हो। खोला किनारमा गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय फल्टुडे कैलालीका प्रहरी प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्माले बताए ।प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढी पठाएको छ। हत्याको कारणबारे अनुसन्धान भइरहेको बिश्वकर्माले बताए ।
श्रीमान श्रीमती मिलेर पूर्वप्रेमीको हत्या
श्रीमान श्रीमती मिलेर पूर्वप्रेमीको हत्या

Advertisement
तपाईको प्रतिक्रिया