अनिल खत्री, गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमीचौर निवासी ४२ वर्षिय काशीराम पाण्डेय तम्घास नजिकै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले बताए ।पाँच दिन देखि बेपत्ता भएका पाण्डेयको सव शुक्रवार रेसुङ्गा नगरपालिकाको वडा नम्बर ८ खानिगाउँ स्थित जंगलमा ज्याकेटले मुख छोपेर सुतिरहेको अबस्थामा फेला परेको हो । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा काम गर्दै आएका पाण्डे काम गर्न भनि निस्कीएका थिए ।उनि गत असार १६ गते देखि परिवारबाट सम्पर्क बिहिन भएका थिए । उनलाई खोजि गर्न भन्दै आफन्तले प्रहरीकहाँ निबेदन दिएका थिए । सवलाई पोष्ट मार्टम गर्न गुल्मी अस्पताल ल्याइदै छ । मृतक पाण्डेको मृत्यु बारे कुनै कारण खुलेको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको (एिसपी) घलेले बताए ।जिल्लामा ४ दिनमा तिन जनाको मृत्यु भएको छ । तिन मध्ये असार १७ गते जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ३ ठाढुङ्गा निवासी ३५ ऐते सुनारको भिरबाट लडेर मृत्यु भएको थियो । सुनार असार १५ गते परिवारबाट सम्पर्क बिहिन थिए । त्यस्तै जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ वडागाउँमा निवासी ५० वर्षिय रामबहादुर बिकको दाउरा काटने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो यसरी गुल्मीमा ४ दिनमा लगातार ३ जनाको मृत्यु भएको छ ।
गुल्मीमा ४ दिनमा ३ जनाको मृत्यु
गुल्मीमा ४ दिनमा ३ जनाको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया