सागर थापा, काठमाडौं । अब देखी दाङको तुल्सीपुरबाटै नियमित जहाज उडान हुने भएको छ। काठमाडौ स्थित त्रिभुवन अन्तराष्ट्रीय विमानस्थल २१ घण्टा सञ्चालन भएसँगै अब तुलसीपुरबाट नियमित जहाज आउजाउ गर्ने भएको हो ।नेपाल वायुसेवा निगमका अनुसार तुलसीपुरमा विहान सवा ९ बजे विमान बस्ने छ । ‘दिउँसो हावाका कारणले गर्दा जहाज नियमित भएको थिएन अब नियमित हुन्छ’ वायु सेवा निगमकी विजनेस डेपुटी डाइरेक्टर रिना राईले जानकारी दिइन् । राईका अनुसार तुलसीपुरमा यात्रुको चापका कारण विमान सेवा नियमित बनाउनका लागि उडान तालिकामा हेरफेर गरिएको हो । ‘अब जहाज नियमित नै हुन्छ’ राईले भनिन् ।तुलसीपुर विमानस्थल सञ्चालनसँगै हवाई मार्गको प्रयोग गर्ने यस क्षेत्रका यात्रुहरुले तुलसीपुर विमानस्थलको प्रयोग गर्दै आएका छन् । उपमहानगरपालिकाको संयोजनमा हरेक दिन विमान सेवा सञ्चालन भइरहेको विमानस्थल सञ्चालन समितिका संयोजक सुर्यवहादुर डाँगीले बताए ।संयोजक डाँगीले यात्रु प्रतिक्षालय भवनको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै धावनमार्ग विस्तारका लागि संघले बजेटको समेत व्यवस्था गरेको छ ।
अब तुल्सीपुर देखी नियमित जहाज उडान, दाङबासी खुसी
अब तुल्सीपुर देखी नियमित जहाज उडान, दाङबासी खुसी

Advertisement
तपाईको प्रतिक्रिया