• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

प्युठानमा एचआईभी संक्रमितको जीवनस्तर उकास्न कार्यविधि बन्ने

लोकप्रिय समाचार

  • १. गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

  • २. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • ३. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

  • ७. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ८. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ९. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • १०. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

सुनवलको शहीद पार्कलाई प्रदेश सरकारबाट ५० लाख विनियोजन


  •   आइतबार, असार १५, २०७६ मा प्रकाशित
  • नवलपरासी। नवलपरासीको सुनवल–५ वनकट्टीस्थित शहीद विष्णुप्रसाद पाण्डे पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्य बनाइने भएको छ । पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो पार्कलाई नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीय र प्रदेश सरकारले चासो देखाएका हुन् । यस पार्कमा नेपालका सबै शहीदको शालिक बनाउने योजना अघि सारिएको छ । राजमार्गदेखि उत्तरतर्फको १० हेक्टर १५ विघा क्षेत्रफलमा फैलिएको शहीद पार्क क्षेत्रलाई आकर्षक पर्यटकीयस्थल बनाउने गरी प्रदेश नं ५ सरकारले रु ५० लाख र सुनवल नगरपालिकाले रु ४० लाख गरी आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु ९० लाख बजेट विनियोजन गरेका छन् । विसं २०६२÷६३ को जनआन्दोलनको क्रममा विसं २०६२ चैत्र ३० गते सदरमुकाम परासीमा सुरक्षा कर्मीको गोलीबाट शहादत प्राप्त गरी तत्कालीन लुम्बिनी अञ्चलकै प्रथम शहीद घोषित पाण्डेको स्मृतिमा वनकट्टीमा शहीद पार्क स्थापना गरिएको हो । शहीद विष्णुप्रसाद पाण्डे प्रतिष्ठानले यस पार्कलाई नेपालकै नमूना पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारसँग पहल गरेको प्रतिष्ठानका अध्यक्ष लोकप्रसाद श्रेष्ठले बताउनुभयो ।
    प्रदेश नं ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट पार्क निर्माणका लागि रु २० लाख र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट अन्य संरचना निर्माणका लागि रु ३० लाख गरी प्रदेशबाट रु ५० लाख विनियोजन गरिएको भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । शहीद पार्क क्षेत्रमा अहिले हराभरयुक्त क्षेत्र, शहीद पाण्डेको शालिक, प्रतीक्षालय, शहीद स्मृति भवन, १०० जना अट्ने सभाहल, दुईवटा पोखरी, वनभोजका लागि ट्रष्टलगायत संरचना रहेका छन् । सुन्दर बगैँचा, सुविधा सम्पन्न सभाहल, व्यवस्थित वनभोजस्थल, अतिथि गृह, प्रतीक्षालय, पौडी पोखरी, पूर्व र पश्चिमतर्फ सहायक प्रवेशद्धारलगायतका संरचनाहरु निर्माण गर्ने गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गरिएको उहाले बताउनुभयो ।

    Advertisement

    आइतबार, असार १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान
    झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    सडकको बीचमै बिजुलीको पोल
    प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै
    सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    लोकप्रिय

    • १.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • २.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ३.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म

    भर्खरै

    • १.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • २.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ३.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ४.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    • ७.
      गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

    • ८.
      सिद्धबाबा नजिक पहिरोमा एकको मृत्यु, एक घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation